Home

People & Culture

Photo Blog

Contacts

SITE SEARCH
 

Categories

Affiliates

  News Headlines

Advertisement

Please contact info@pokharacity.com for the advertisement rates
 
 

IDEA

Refer this page

महिलाले केही गर्न सक्दैनन् भन्ने मानसिकता त्याग्नु पर्दछ’ सुनयना पालिखे
2 Review Posted, Article Posted On 16 Jan 2008
www.pokahracity.com

 सुनयना पालिखे एकपटक पर्यटन व्यावसायीको रुपमा चिनिनु हन्थ्यो अहिले सफल महिला व्यवसायी उद्यमीको रुपमा चिनिनु हुन्छ । शिखर इन्स्योरेन्स पोखरा शाखाको प्रमुखको रुपमा काम गर्दै आउनु भएकी पालिखे आकर्ष व्यक्तित्वका कारण जुन सुकै काममा पनि सफल हुनु भएको छ । लेडिज जेसीजको अध्यक्ष समेत रहनु भएकी पालिखे अन्नपूर्ण एफएमका संचालक विश्वशंकर पालिखेकी श्रीमती हुनुहुन्छ । त्यसो त उहाँको छुट्टै पहिचान पनि छ । समाज सेवा र महिलाको क्षेत्रमा काम गर्ने पालिखे लायन्स क्लव अफ सेती गण्डकीको निर्देशक, नेवारहरुको संस्था तजीलजीको समेत संस्थापक सदस्य हुनुहुन्छ । इन्डीयाबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गर्नु भएकी पालिखेले व्यवसायीक कामको शिलशिलामा हङकङ, जापान, अमेरिका, फ्रान्स, नेदरल्याण्ड, इटाली र बेल्जीयम समेतको भ्रमण गरिसक्नु भएको छ । सुनयना पालिखे होटल डेला अन्नपूर्ण, फुलवारी र आफ्नै होटल ट्रगोपानमा समेत काम गरिसक्नु भएको छ । प्रस्तुत छ उहाँसँग कास्की सन्देशले महिला उद्यमीको रुपमा गरेको कुराकानीको सारसंक्षेप । 

पोखरासिटि डट कम : अहिले महिला व्यवसायी भएर काम गर्न घरपरिवार र समाजमा कस्तो चुनौति छ -?
चुनौति भन्ने कुरा हरेक पेशा र व्यवसायमा भइहाल्छ नी । तर, आफ्नो पेशा प्रति प्रतिवद्ध भएर कसरी लाग्ने भन्ने कुरा हुन्छ । केहि सम्भावना भएको ठाउँमा धर्यतापूर्वक, होसियारी पूर्वक काम गरेमा सफलता प्राप्त गर्न सकिन्छ । अहिले हाम्रो देशमा राजनैतिक स्थीरता नभएकोले गर्दा पनि सम्पूर्ण व्यावसयमा नै चुनौति थपिएको छ । त्यसमा पनि महिला व्यवसायीलाई समाज, घर, परिवार विभिन्न परम्परागत सोचाइले गर्दापनि अगाडि बढ्न आफ्ठयारो परेको छ । मेरो हकमा कुरा गर्ने हो भने मैले मेरो परिवार र श्रीमान्बाट धेरै सहयोग पाएकी छु । श्रीमान् सहयोगी भएको ले मलाई कुनै बाधा बन्देज छैन । तर, हाम्रो समाजमा महिलाहरुलाई अगाडि बढ्न आफ्नो पहिचान बनाउन सकिरहेका छैनन् । हाम्रो नेवार समूदाय र व्यापारिक घरानाका महिलाहरु त झन घर भित्र, राम्रो खान, लगाउन, रमाइलो गर्न पाए पुग्छ । श्रीमान्मा नै निर्भर हुने परम्परा छ । सोचाई छ । आफैले केहि गरौं भन्ने भावना महिलाहरुमा अझै पनि छैन ।

पोखरासिटि डट कम : तपाईं कसरी महिला उद्यमी/व्यापारी बन्नुभयो -?

म मा पहिले देखि नै केहि गरौं भन्ने भावना थियो । मैले मेरो घर परिवार र श्रीमान्को सक्दो सहयोग पाएर उद्यमी/व्यावसायी बने । पहिला हाम्रो आफ्नो होटल थियो । ट्रागोपान, देशमा द्वन्द्व र अस्थिरताको कारणले गर्दा बन्द भयो । मैले इन्डीयाबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेर बसेको मान्छे । केहि गरौं भन्ने लागेर काठमाडौं दरवारमार्गको होटल डे अन्नपूर्ण, होटल फूलवारीमा समेत काम गरें । हामीले पहिलो पटक मःम महोत्सव, चंगाच्यैट प्रतियोगिता गर्‍यौं । मैले काम गर्दा श्रीमान्बाट सक्दो सहयोग पाएँ । म आफैमा पनि आत्माविश्वास थियो । केही गर्नका लागि आफैले सक्रियता देखाउनु पर्दछ । जुन म मा थियो । सृजन शिलता पनि हुन पर्दछ । हामी महिलाहरु अर्काको आशमा बस्नु हुँदैन । आफुसँग भएको शीप र क्षमताको प्रयोग गर्नु पर्दछ । महिलाले केही गर्न सक्दैन भन्ने मानसिकता त्याग्नु पर्दछ । हामी महिलाहरुले गर्न नसक्ने काम केहि छैन ।

पोखरासिटि डट कम : महिलाहरुको अहिले व्यापार, व्यावसायमा सहभागिता निकै कम छ । महिलाहरुलाई यस क्षेत्रमा कसरी अगाडि बढाउन सकिन्छ -?

महिलाहरु आफै पनि केहि गरौं भन्ने भावना हुनु पर्दछ । सवै महिलाहरु आत्म निर्भर हुने कोशि गर्नु पर्दछ । सम्पन्न र व्यापारिक घरानाका महिलाहरुको पनि व्यापारमा पकड हुनु पर्दछ । आफ्नो लोग्नेको कारोवारमा चासो देखाउनु पर्दछ । लोग्नेले कमाएर ल्याइदेला र खाउँला भन्ने भावना त्याग्नु पर्दछ । धनि र सम्पन्न महिलाहरु जो श्रीमान्मा आश्रीत छन् उनीहरुलाई आकस्मात कुनै दूर्घटना पर्‍यो भने धेरै आफ्ठयारो पर्दछ । त्यसकारण पनि महिलाहरु प्रत्येक व्यक्ति आत्मनिर्भर र आर्थिक रुपले सशक्त हुनु पर्दछ । तर, हाम्रो समाजमा महिलाहरुलाई बाहिर निस्कन धेरै समस्या छ । नेपाली समाजमा विद्यमान, परम्परागत, संस्कारले महिलालाई घर भित्र सिमित पारेको छ । महिला अघि घर परिवारको सहयोग चाहिन्छ । हामी कहाँ आफै पनि पिछडीएको सोचाइ छ । घरको काम मात्र महिलाले गर्ने बाहिरको पुरुषले गर्ने भनेर बाडफाँड गरिन्छ । तर, विदेश तिर त्यस्तो हुँदैन कुन महिलाको काम कुन पुरुषको काम थाहा हुँदैन । त्यहि भएर पनि युरोप र अमेरिकाको समाज उन्नत छ त्यहमा लैङ्गिक विभेद छैन । आर्थिक रुपले सम्पन्न छन् । विकास भएको छ ।
तर हामीकहाँ महिलाहरु शिक्षित र सम्पन्न भएरपनि घर भित्रै मात्र सिमित छन् । त्यसो भएमा शिक्षित हुनुको कुनै अर्थ रहँदैन । महिलाहरु आफैले पनि संकिर्णता त्याग्नु पर्दछ ।

पोखरासिटि डट कम : तपाई लेडिज जेसीजमा पनि अध्यक्ष हुनुहुन्छ । जेसीज कस्तो संस्था हो - र यसको काम के हो -?

लेडिज जेसीज महिलाहरुको अन्तर निहित प्रतिभालाई अगाडि ल्याउने संस्था हो । यसले महिलाहरुसँग भएको क्षमताको विकास गराउन पहल गर्दछ । नेतृत्व गर्नका लागि पर्ूवाधार तयार पार्दछ । यस्ले महिलाहरुलाई अगाडि बढ्न प्लेर्टर्फ दिएको छ । बेला बेलामा महिलाहरुको सशक्तिकरणका लागि तालिमहरु सेमिनार, गोष्ठी भएका छन् । जुन सुकै काम गर्न पनि मिठो बोली चाली, राम्रो व्यवहारको खाँचो पर्दछ । बोलि र व्यक्तित्वले मानिसलाई छिट्टै प्रभाव पार्दछ, व्यवहार कार्यदक्षता अलि परकै कुरा हो त्यो पनि नभै नहुने कुरा हो । त्यसो भएर हामीले लेडिज जेसीजका महिलाहरु जो गृहिणी मात्रै भएपनि कामकाजी महिला, कानून व्यावसायी जो भएपनि व्यक्तित्व विकास गर्न र अगाडि बढाउन प्रेरित गर्दछौं । हामीले त्यसका लागि पहल गर्दछौं । लेडिज जेसीजले त्यसको अलावा समाज सेवाको काम पनि गर्दै आएको छ । थोरै भएपनि गरिव र विपन्न वर्गका बालबालिकाहरुका लागि छात्रबृत्ति, ड्रेस, किताव, कापी बाड्ने, कुष्ठरोगीहरुलाई थोरैभएपनि सहयोग गर्दैछ । बृद्धाबृद्धहरुलाई सहयोग बिरामीहरुलाई फलफुल वितरण, कम्मल वितरण आदि काम गरेका छौं । यी कामहरु गर्दा प्रायः हामीले आ-आफ्नै तर्फाट सहयोग गरेका छौं ।
पोखराको वातावरण सफा राख्न, पर्यटकको आकर्षा को केन्द्र बनेको फेवातालमा भएको जलकुम्भी झार निकाल्ने काम पनि लेडिज जेसीजले गरेको छ । हामी जेसीजका साथीहरु देशको राजनीति प्रति पनि चासो राख्दछौं । संविधानसभा बारे जानकारी जस्ता कार्यक्रम गरेका छौं ।

पोखरासिटि डट कम : राजनीति भनेको नेपालको मुधारको विषय हो । महिलाहरुको हरेक समस्या राजनीति बाटै समाधान हुन्छ महिलाहरु राजनीति प्रति कत्तिको सचेत हुनु पर्दछ त - ?

तपाईंले भनेको कुरा ठिक हो । मूलधारको विषय भनेको राजनीति नै हो । महिलाहरुका पक्षमा नीति, नियम, कानून आदी बनाउने काम राजनीतिमा महिलाहरुको सहभागिता ले नै गर्दछ । महिलाहरु राजनीति प्रति सचेत त हुनु नै पर्दछ । हाम्रो जस्तो मुलुकमा हरेक कुरा संविधानसभाको चुनावले अड्काएको छ भनिन्छ स्थानीय स्तरमा विकासकाकाम गर्ने देखि लिएर भ्रष्टाचार नियन्त्रण गर्ने सम्मका कुराहरु पनि संविधानसभाको चुनावले अड्कीएको छ । मुलुकका आधा मान्छेहरु व्यावसाय छोडेर राजनीतिमा होमिनु पर्दछ भन्ने मलाई लाग्दैन । आर्थिक रुपमा सक्षम हुन, विकासका काम गर्न राजनीतिले छेक्दैन । हामीलाई धेरै कुरामा राजनीतिले प्रभाव पारेको हुनाले उद्योगपती देखि लिएर मजदूर सम्मले राजनीति बुझेका हुन्छन् । आफ्नो पेशागत हक अधिकारलाई भन्दापनि पार्टी कार्यकता भएर प्रस्तुत हुन्छन् । तर, विकसीत देशमा त आधा भन्दा बढी मानिसले चुनावमा भोट नै हाल्दैनन् । किन भने उनीहरुको देश समुन्नत छ, विकसित छ, सबै आ-आफ्नो काममा व्यस्थ छन् । म जापान बस्दाको एउटा अनुभव सुनाउन चाहन्छु - नजिकैको एउटा घरमा ठूलो नेता पनि बस्दा रहेछन् तर, मलाई थाहा थिएन । महिनौ बस्दापनि सामान्य चिनजान आ-आफ्नै काममा व्यस्थ भएकाले एकदिन म बजार जाँदा ठूलो जुलुस लिएर उसको फोटो लिएर अगाडि आइरहेको थियो म छक्क परे पछि घर गएर सोधेको ऊ त्यहाको ठूलै नेता रहेछ । तर, हामी कहाँ नेता भने पछि काम छाडेर अगाडि पछाडि गर्ने चलन छ । अव हामीले पनि समाजलाई उन्नत र विकसीत बनाउन आर्थिक क्रान्ती गर्नु पर्दछ । बेरोजगार भएरपनि हाल धेरैले राजनीति गरेको हेला भन्ने मलाई लाग्छ ।
पोखरासिटि डट कम : तपाईं अलि खुल्ला बिचारको रमाइलो गर्ने खालको हुनुहुन्छ । फूर्सदको समय कसरी बिताउनु हुन्छ - ?

हामी साथीहरु मिलेर रमाइलो गर्दछौं । पिकनिक जाँछौं, घर परिवार मिलेर होटल, रेष्टुरेण्ट मा जान्छौ, डिस्कोतिर पनि गइन्छ । तर, परिवारसँगै जाँदा कुनै नराम्रो कुरा भने होइन । अंग्रेजी नयाँ बर्षनि रमाइलो गरि मनाइयो । कहिलेकाँही मनोरन्जन पनि चाहिन्छ । नयाँ बर्षमनाउनु कुनै विकृति होइन । हामीलाई पश्चिमा संस्कृतिले प्रभाव पारेको छ । नयाँबर्षक्रिसमस मनाउनु बेठिक हो भने मल्टि नेष्नल कम्पनीको उत्पादन प्रयोग गर्नुपनि त ठिक होइन । हामीले हाम्रो संस्कृति पनि आदनप्रदान गर्न सक्दछौं । पर्यटकहरुलाई संस्कृति बारे जानकारी गराउने दशै तिहार जस्ता धेरै चार्डपर्व छन् । जुन पर्यटकलाई बुझायो भने हाम्रो साँस्कृतिक आदानप्रदान हुन्छ । जति कोशिस गरे पनि पूर्विय संस्कृतिलाई पश्चिमा संस्कृतिले डोमिनेट गरेकै छ । उनीहरु नै सम्पन्न अनि धेरै कुरामा अगाडि छन् । हरेक कुरा उनीहरु कै उदाहरणको रुपमा लिनु पर्ने हुन्छ । त्यहि भएर पनि उनीहरुको नक्कल गर्दिन भन्दाभन्दै पनि आफै हुन्छ ।

कास्की सन्देश

<< Back

post by: raj kumar @ 23 Jan 2008, 02:42 pm

Thanks for utilizing your education in real business life.

post by: saroj @ 23 Jan 2008, 01:29 am

can u please increase the letter size

Post Your Comments
Name:
Email:
Smile: s5 smile wink wassat tongue laughing sad angry crying s1 s2 s4 
Your View:

Enter this code
Security Image

| Forget Me
Previous Post On This Category
 Panic Disorder (1 Review Posted)
 Facts about Mental Illness (5 Review Posted)
 Santosh Adhikari (24 Review Posted)
 Jiban Baral (30 Review Posted)
 Extreme Solution (19 Review Posted)
More Links To Browse
Search More Through Google
Google
 

Pokharacity.com is not responsible for any content or the accuracy of the contents in any opinion article. Respective authors and bloggers are responsible for the contents that comes in the interaction.

Feedback too info@pokharacity.com
© Copyright 2004 Pokharacity.com, All Rights Reserved
Web Counter: Pokharacity.com

[ Best Viewed at 1024x768 Resolution and Above ]