Home

People & Culture

Photo Blog

Contacts

SITE SEARCH
 

Categories

Affiliates

  News Headlines

Advertisement

Please contact info@pokharacity.com for the advertisement rates
 
 

IDEA

Refer this page

आर्थिक अधिकार पाए महिलाहरु आत्मानिर्भर हुन्छन् - सुवेदी
5 Review Posted, Article Posted On 19 Dec 2007
www.pokahracity.com

 बिन्दु सुबेदी पोखरा उद्योग बाणिज्य संघको एक मात्र निर्वाचित महिला सदस्य हुनुहुन्छ । पुरुष बर्गको मात्र बाहुल्य रहेको ब्यापार ब्यावसायको क्षेत्रमा महिलाहरुले ब्यावसाय गरेर सफल बन्नु चानचुने कुरा भने अवस्य होईन । दोहोरो भूमिका निर्वाह गर्दै आईरहेका महिलाहरु कुनै पनि क्षेत्रमा कम छैनन् भन्ने उदाहरण सुबेदीले साबित गर्नु भएको छ । पोखरामा पहिलो पटक हिलटेकको ग्याँस गिजरको प्रमुख बिक्रेता काबिल ट्रेडर्सकी प्रोप्राईटर सुबेदी कम्पनीको स्कीम अनुसार राम्रो काम गरेबापत मलेसियाको भ्रमण समेत गर्नुभयो । सुबेदीले महिला उद्यमीका अलावा चार बर्षजति मेडिकल प्रिजेन्टेटिभ्स भएर काम गरिसक्नु भएको छ ।गण्डकी बोर्डिङ स्कुल भूपू बिद्यार्थीहरुको संगठन -एक्बोसाको सदस्य समेत रहनुभएकी सुवेदीले आइ.एस्सी र बि ए गर्नुभएको छ । दुइ छोराछोरीकी आमा बन्नुभएकी सुवेदी पोखराको  पर्स्याङ स्थीत घरमा श्रीमान् सहित सुखमय पारीवारीक जीवन ब्यतित गर्दै आउनु भएको छ । प्रस्तुत छ उहाँसंग कुराकानीको सारसंक्षेप ।

पुरुषहरुको पकड रहेको ब्यापार ब्यावसाय एउटा महिला उद्यमी भएर काम गर्दा कस्तो अनुभव गर्नु भएको छ -?

ब्यापार ब्यावसायमा महिला सहभागिता कम छ । यस क्षेत्रमा सहभागिता बढाउन सकेमा महिलाको आर्थिक सशक्तिकरण हुन्छ । अहिले धेरै महिलाको स्थिति दयनिय हुनुको कारण पनि यही हो । महिलाको हातमा सीप र जाँगर भए पनि आर्थिक अभावका कारण महिलाहरुले ठुला ठुला व्यवसाय सम्हाल्न पाएका छैन् ।

धेरै महिलाहरु पर निर्भर भएर बाँच्नु परेको अवस्था छ । महिलाहरुको सम्पत्ति माथीको अधिकार छैन । शिक्षा छैन, हाम्रो समाजमा लैङगिक बिभेद अझै कायमै छ । यति हुँदाहुँदै पनि महिलाहरुले अहिले आफ्नो र परिवारका लागि केही गरेको देखिन्छ । महिलालाई सिपको अलावा आट र हिम्मत बढाउन सशक्तिकरण गर्नु पर्दछ । धनी र संभ्रान्त बर्गका महिलाहरु पनि आत्मनिर्भ हुनै पर्दछ । श्रीमान्ले ल्याईदिएको कप्प खान्छु भन्ने सोच राख्न हुदैन ।

महिला उद्यमी भएर काम गर्दा तपार्इंले कस्ता खालका समस्याहरु भोग्नु भएको छ -?

पहिलो कुरा त व्यवसाय गर्न पनि सिप चाहिन्छ । उपभोक्ताहरुसग राम्रो र मिठासपूर्ण तरिकाले बोल्न जान्नु पर्दछ । इमान्दारी पूर्वक काम गर्नु पर्दछ सफलता आफै पछि लाग्दछन् । हामी महिलाहरुको दोहोरो जिम्मेवारी भएर पनि स्वतन्त्र पूर्वक काम गर्न सक्दैनौ । अस्वस्थ प्रतिस्पर्धार् बढेकोछ र कुनै पनि व्यवसायमा नक्कल गर्ने प्रचलन छ । यो राम्रो होइन । राजनैतिक कारणले पनि प्रभाव पारेको छ । देशको स्थिती हेर्दा ब्यवसायीहरु सुरक्षित छैनन् । महिला भएकै कारण बाट उब्जीएको समस्या भनेको हाम्रो सामाजिक समस्या हो, त्यस्ता समस्याहस्लाई हामीले वास्ता गर्नु हुदैन । पिछडीएको समाजीक पुराना मान्यताहरुलाई हामी सचेत महिलाहरुले तोड्नु पर्दछ ।  

तपाई उद्योग बाणिज्य संघमा पनि हुनुहुन्छ, महिला उद्यमीलाई प्रोत्साहित गर्नका लागि कस्तो पहल गर्नु भएको छ -?

म पोखरा उद्योग बाणिज्य संघको सदस्य भए पछि २०-२५ जना सदस्य बढाएकी छु । १४ सय जना सदस्यहरुमा दुइ सय जना महिला छन् । उनीहरु सक्रिय पनि छैनन् । नेतृत्व लिने र अगाडी बढ्ने हो भने राम्रो हुने थियो । मैले महिलाहरुलाई ब्यावसायीक रुपमा दक्ष बनाउनका लागि बैठकहरुमा पनि कुरा उठाउने गर्दछु ।

हामीले महिलालाई आत्मनिर्भर  बनाउन नसकेपनि सीपमुलक तालिमहरु दिंदै आएका छौ । केहि समय अगाडि मात्रै बिबाहका माला लगायत सजावटका सामान बनाउने तालिम दिएका थियौं ।  अब फेरी पनि नयाँ र बिदेशको प्रबिधि ल्याउने सोेचाई पनि रहेको छ । एचडब्लु के माइन्च जर्मन पार्टनरको सहयोगमा सुन्तलाको सिजनमा सुन्तला भण्डार गर्ने र जुस बनाउने तालिम दिने योजना रहेको छ । महिलाहरुले समुह बनाएर आएमा हामीले निःशुल्क तालिमको लागि पहल गर्ने छौं ।

व्यवसायमा आउन तपाईले कसबाट प्रेरणा पाउनु भयो ?

मैले एक जना शान्ति चड्डा दिदीलाई सफल महिला उद्यमीको रुपमा मान्छु । उहाँले श्रीमानको मृत्यु पछि एक्लैले व्यवसाय गर्नुभएकोछ । बिदेश सम्म शाखा खोल्नु भएको छ । मैले पहिलो पटक ग्याँस गिजर खोल्दा मलाई धेरै खुशी लागेको थियो । धेरै प्राबिधिक कठिनाई थिए । श्रीमान्को सहयो राम्रो पाएकी छु । घर व्यापार  हेर्दा धेरै अप्ठ्यारो थिए । समाजमा अरु सरह खट्नु पर्ने र व्यापारीक कुराकानी गर्न सजिलो भने छैन ।
जुन पनि पेशा ब्यावसायमा  चुनौती भईहाल्छ नै ।

तपाईको अन्तिम लक्ष्य के हो ?

एमआर बाट ब्यवसायी भए, उद्योग बाणिज्य संघको सदस्य भए,  एक बर्षबुझदा बुझदै बित्यो अवको एक बर्षमेरो लागि चुनौतीपूर्ण रहेको छ । आफ्नो दक्षता र क्षमता पदर्शन गर्ने बेला आएको छ । हामीले महिला उद्यमी सदस्य बनाउने, महिलाहरुका लागि कार्यक्रम ल्याउने र उद्योग बाणिज्य संघको जिम्मेवार सदस्यको हैसियतले सम्पूर्ण ब्यवसायीहरुको हक अधिकार लागि पहल गर्नेछु । सबैको सहयोग र सद्भाव रहेमा अब सदस्यबाट फड्को मार्ने बिचार पनि लिएकी छु ।

कास्की सन्देश

<< Back

post by: Kritagya Shrestha @ 30 Dec 2007, 09:21 pm

Nice to have a lady like you in PCCI. Well done. Use your this skill in promotion of EGBOSA

post by: Mohan Bhujel @ 28 Dec 2007, 01:56 pm

Congratulation Binduji.You are doing well.I found reality that your inner competency ,what you have in outlook as your gentle,smiling , charming and beautiful face and outstanding brillientness as well.I wish may god succed your every step.Thank you.
Good wisher your's

post by: sampada @ 26 Dec 2007, 09:25 pm

great work

post by: pawan @ 23 Dec 2007, 05:59 pm

i'm sorry to tell that script in this article is very bad, an insult to our language

post by: Saru @ 21 Dec 2007, 01:15 pm

I am really glad that now pokharacity.com is covering articles on women. Bindu ji, your interview really helps on encouraging girls like us

Post Your Comments
Name:
Email:
Smile: s5 smile wink wassat tongue laughing sad angry crying s1 s2 s4 
Your View:

Enter this code
Security Image

| Forget Me
Previous Post On This Category
 Panic Disorder (1 Review Posted)
 Facts about Mental Illness (5 Review Posted)
 Santosh Adhikari (24 Review Posted)
 Jiban Baral (30 Review Posted)
 Extreme Solution (19 Review Posted)
More Links To Browse
Search More Through Google
Google
 

Pokharacity.com is not responsible for any content or the accuracy of the contents in any opinion article. Respective authors and bloggers are responsible for the contents that comes in the interaction.

Feedback too info@pokharacity.com
© Copyright 2004 Pokharacity.com, All Rights Reserved
Web Counter: Pokharacity.com

[ Best Viewed at 1024x768 Resolution and Above ]