• विमान दुर्घटनामा मरेर बाँचेको क्षण
  • विमान दुर्घटनामा मरेर बाँचेको क्षण

विमान दुर्घटनामा मरेर बाँचेको क्षण

हामी बिहान ८:१० मा पोखराबाट उड्यौं । लगभग २० मिनेटको यात्रापछि ८ :३० मा हामी जोमसोम पुग्दै थियौं । बाटोमा बिमान हल्लने लगायतका कुनै पनि समस्या थिएन । सँगै रहेका पर्यटक लगायतका हामी सबै हिमाली श्रृँखला हेर्दै, फोटो खिच्दै, रमाउँदै थियौं । जब जोमसोम विमानस्थलको धावनमार्गमा विमान अवतरण हुन लाग्यो र टायरले भूईं छोयो, अब विमानको स्पिड कम होला र नियन्त्रणमा आउला भन्ने लागिरहेको थियो ।

तर विमानको स्पिड कम हुनुको साटो दायाँबायाँ हल्लिँदै स्पिड बढ्न थाल्यो । म विमानको सबैभन्दा पछाडिको सिटमा थिएँ र सँगै विमान परिचारिका बहिनी पनि हुनुहुन्थ्यो । उहाँ आत्तिनुभयो । के भयो यस्तो, के भयो यस्तो भन्दै कराउनुभयो । विमान नियन्त्रणमा आउला भन्ने मलाई लागेको थियो । म चाहिँ त्यतिबेला डराइन ।
plane1
धावनमार्गको विमानयात्रा त निकै लामो भयो । विमान रोकिने छाँट नै देखिएन । झ्यालबाट बाहिर हेरेको त धावनमार्गको पिच हैन, बाहिर घाँसैघाँस देखिन्थ्यो । लौ अब मरियो भनेर मैले आफुलाई माया मारें । सँगै रहेका अरु यात्रु पनि कराउन थाले । मरियो भनेर सोच्दासोच्दै एकैपटक गड्याँग भएर ठूलो आवाज आयो । फेरि त्यहाँ हामीबीच कोलाहल भयो । तर कसैलाई चोट लागेन ।
त्यतिबेला मैले छेउमा इमर्जेन्सी ढोका देखें । त्यसलाई तान्ने र घचेट्ने गरें । तर ढोका खुलेन । अगाडि हेरेको ढोका खुलै रहेछ । विमानको अगाडिको ढोको कसरी खुल्यो, त्यो त थाहा भएन । म पनि बाहिर निस्कन आत्तिँदै अगाडिको ढोकातिर लागें । ढोकाबाट तल हेरेको त कालीगण्डकी नदी । अघिल्तिर नदी देखेर म फेरि मरेको जस्तो भएँ । किनकी मलाई पौडिन आउँदैन ।
plane
विमानभित्रै बसौं, विष्फोट होला भन्ने डर । बाहिर निस्कौं नदीमा डुबिएला । म आत्तिएँ । ज्यानको माया मारें । तर यसो बाहिर फेरि हेरेको विमान नदीको किनारमा रहेछ । म बिस्तारै बाहिर निस्कें । त्यहाँ काँडेतार रहेछ । त्यहाँबाट पनि निस्कें । फेरि ढुंगाहरु रैछ । त्यहाँबाट पनि निस्कें । त्यसपछि कसैले हात दिएको देखें । त्यसपछि के भयो मलाई थाहा भएन । त्यतिबेलासम्म म होसमा रैछु । त्यसपछि होस हरायो । एकघण्टापछि होस खुल्दा म अस्पतालमा रैछु । वरपर मान्छेको भीड देखेर म छक्क परें । ठूलो सपनाबाट बिउँझिएको जस्तो भयो । म मरेर बाँचे कि बाँचेर मरें अचम्म लागिरहेको छ ।

(बिहीबार बिहान जोमसोममा भएको बिमान दुर्घटनामा परेका गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य समेत रहेका पहाडीसित कुराकानीमा आधारित)

– गोविन्द पहाडी, पर्वत कुश्मा


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments


Warning: file_put_contents(/home/pokhcity/public_html/wp-content/cache/zencache/cache/http/www-pokharacity-com/plane-crash-at-jomsom.html-59c52ad03425b178346485-tmp): failed to open stream: Disk quota exceeded in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1042

Fatal error: Uncaught exception 'Exception' with message 'ZenCache: failed to write cache file for: `/plane-crash-at-jomsom/`; possible permissions issue (or race condition), please check your cache directory: `/home/pokhcity/public_html/wp-content/cache/zencache/cache`.' in /home/pokhcity/public_html/wp-content/advanced-cache.php:1050 Stack trace: #0 [internal function]: zencache\advanced_cache->output_buffer_callback_handler('<!DOCTYPE html>...', 9) #1 /home/pokhcity/public_html/wp-includes/functions.php(3464): ob_end_flush() #2 [internal function]: wp_ob_end_flush_all('') #3 /home/pokhcity/public_html/wp-includes/plugin.php(525): call_user_func_array('wp_ob_end_flush...', Array) #4 /home/pokhcity/public_html/wp-includes/load.php(635): do_action('shutdown') #5 [internal function]: shutdown_action_hook() #6 {main} thrown in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1050