पोखरा–२९,फागुन

रोटरी क्लब अफ पोखरा अन्नपूर्णद्धारा प्रायोजीत रोटरी कम्युनिटी कोर अन्नपूर्ण सराङ्गकोटको चार्टर हस्ताण्तरण कार्यक्रम आज कास्कीको सराङ्गकोटमा सम्पन्न भएको छ । चार्टर हस्ताण्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का पूर्व डिस्ट्रिक गभर्नर तिर्थमान शाक्यले स्थापित सँस्थाले समाजसेवामा अग्रसरता देखाइ हरेक जनताका काममा सहयोग गर्न आग्रह गर्नुभयो । उँहाले समाजसेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि काम गर्न पनि निर्देशन दिनुभयो । रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष डिल्लि प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजेन्द्र प्रजु, रिसिराम सापकोटा, किरणलाल श्रेष्ठ, जोश्ना प्रजु, सुकमाया तामाङ्ग लगायतका वक्ताहरुले आ–आफना धारणा राख्नुभएको थियो । रोटरी कम्युनिटी कोर अन्नपूर्ण सराङ्गकोटमा सुकमाया तामाङ्गको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा पूर्ण बहादुर तामाङ्ग, सचिवमा सरिता गुरुङ्ग, कोषाध्यक्षमा पुष्प बहादुर गुरुङ्ग रहनुभएको छ भने सदस्यहरुमा क्रमश ः महेन्द्र परियार, राज कुमार वि.क., नरेन्द्र तामाङ्ग, सुसिला तामाङ्ग, अन्तिम तामाङ्ग, सुनिल थापा, दिलु गुरुङ्ग, चिनीमाया तामाङ्ग, खुम बहादुर गुरुङ्ग, सोनि थापा मगर, मधु कोइराला रहनुभएको छ भने सल्लाहकारमा दिनेश श्रेष्ठ रहनुभएको सचिव सरिता गुरुङ्गले जानकारी दिनुभयो ।

निशुल्क दुना टपरी गाँस्ने तालिम पोखरामा सुरु

युवा युवतीहरुलाई लक्षित गर्दै सचेतना हस्तकला उद्योग धारापानीमार्ग पोखरा–२ को आयोजनामा गाँस्ने तालिम मङ्गलबारदेखि पोखरामा सुरु भएको छ । दुना टपरी सिकाउने आफनो सँस्कार सँस्कृति परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागि हुनका लागि अनन्ता सामुदायिक सेवा समितिका अध्यक्ष गोमा सुवेदीले सबैमा आग्रह गर्नुभएको छ । सचेतना हस्तकला उद्योगले दुना टपरी जस्तै गुडिया, उनी फूलको माला, सिलाई बुनाई, कोठामा सजाउने गमलाहरु ल्गायतका विभिन्न तालिम सञ्चालन गरिरहने नारायणी सुवेदीले जानकारी दिनुभयो ।

वीरेन्द्र सापकोटा

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Sukan Gurung on at and is filed under News of Pokhara. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply

Mail (will not be published)


× 3 = twenty one