पोखरा, चैत्र १ गते ।
लेखनाथ नगरपालिका–९ बेगनासमा रहेको डायमण्ड मोडेल स्कुलमा यसै वर्ष स्थापना गरिएको स्काउट ट्रुपले सरसफाइ अभियान सम्पन्न गरेको छ । ट्रुपले बेगनास बजार, बेगनास ताल तथा मोहोरिया चोक क्षेत्रमा सरसफाइ गरेको थियो ।
ट्रुपका स्काउट मास्टर देवीरमण तिवारीको नेतृत्वमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य ऋषिराम बुढाथोकीले स्काउटलाई रु. ५ हजार नगद पनि हस्तान्तरण गर्नुभयो । स्काउटहरुलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले संस्थाको सेवाअन्तरगतको सो कार्यक्रम गरिएको स्काउट मास्टर तिवारीले जनाउनुभयो । सहायक प्रअ कमलराज अधिकारी र शिक्षक श्रीराम ढकालले पनि विद्यार्थीहरुलाई सहयोग गर्नुभएको कार्यक्रमबाट विद्यार्थीहरुले धेरै मानिसहरुले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको निष्कर्ष निकालेका थिए ।