रोशनी तमू ÷ पोखरा, फागुन ३० गते ।

नेपाल तमू विद्यार्थी छोंज धिंको राष्ट्रिय परिषद बैठक बुधबारदेखि पोखरामा शुरु भएको छ । बैकठकको एक कार्यक्रमका बीच तमू ह्यूल छोंज धिं(गुरुङ राष्ट्रिय परिषद)का केन्द्रिय अध्यक्ष रेशम तमूले एक समारोहका बीच उदघाटन गर्नुभयो । सो अवसरमा बोल्नु हुदै उहाँले पहिचान सहितको संघिया संविधान नेपालमा जारी नहुदसम्म आफुहरुको आन्दोलन जारी रहने बताउनुभयो । साथै उहाँले नेपालका हरेक जात जातिले यो देश आफनो हो भन्ने कुरा भित्री मनबाट महसुश गर्न नसक्दसम्म जातिय मुक्ति नहुने समेत बताउनु भएको छ ।

र्भखरै मात्र झापाको बिर्तामोडमा सम्पन्न तमू ह्यूल छोंज धिंको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भए पछि आज उहाँले आफनो भावी कार्यक्रम समेत सार्वजानितक गर्नुभएको छ । जस अन्तरगत तमू ह्यूल छोंज धिंले अब छिटै नै जिल्ला–जिल्लामा सहकारीहरु सञ्चालन गरेर संगठनलाई मजबुद बनाउने, प्रथम तमू युवा सम्मेलन गर्ने र अन्तराष्ट्रिय तमू सम्मेलन गरि तमू भाषा र लिपिको संकलन तथा व्यवस्थापन गर्ने कामलाई अगाडि बढाउने बताउनु भएको छ ।

कार्यक्रममा संघिया समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं तमू साँस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष गिरीप्रसाद तमूले तमू जातिले अधिकार खोज्नका लागि सामाजिक संघ संस्थामा मात्रै लागेर नपुग्ने भन्दै राजनितिक संगठनमा पनि आफनो पहुँच बढाउनु पर्ने बताउनु भएको छ । उदघाटन समारोहमा तमू ह्यूल छोंज धिं कास्कीका उपाध्यक्ष नन्दबहादुर तमू, तमूस्यो ह्यूल छोंज धिंका केन्द्रिय सदस्य देवमाया तमू, पोखरा उपत्यका प्रमुख टेकबहादुर तमू, पुर्व सभासद द्धय कृष्णबहादुर तमू र अमर तमू लगायतले बोल्नु भएको थियो । विहिबारसम्म चल्ने बैठकमा देशभरका ५० जना तमू विद्यार्थीहरुको सहभागिता रहेको नेपाल तमू विद्यार्थी छोंज धिंका केन्द्रिय महासचिव लालबहादुर तमूले जानाकारी दिनुभएको छ । तमू प्ये ल्हु संघमा जारी बैठकमा आजैबाट बन्दसत्र पनि शुरु भएको छ । बैठकको स्थानिय व्यवस्थापन तमू विद्यार्थी छोंज धि कास्कीले गरेको छ ।

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Ram Gurung on at and is filed under News of Pokhara. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply

Mail (will not be published)


9 − nine =