काठमाडौ, चैत्र २ - संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले दीर्घकालिन गतिरोधको अन्त्य गर्दै अन्तरिम चुनावी परिषद्को गठनलाई स्वाग तरेका छन् ।
उनको तर्फबाट न्यूयोर्कमा जारी गरिएको बिज्ञप्तिमा सबै पक्षहरुलाई अगामी चुनावको वातावरण बनाउन र बृहत शान्ति सम्झौताको कार्यान्वनको प्रतिबद्धतालाई गति दिन पनि आह्वान गरिएको छ ।
साथै यही मार्चको १९ देखि २१ गतेसम्म राष्ट्रसंघको राजनीतिक मामिला सम्बन्धी उपमहासचिव जेफ्री फेल्मनले नेपाल भ्रमण गर्ने उल्लेख गरिएको छ ।
‘राष्ट्रसंघले नेपालको शान्ति प्रकृयालाई नजिकबाट सहयोग गरिरहेको प्रतिबद्धता जाहेर गर्ने यो अवसर हुनेछ’ बिज्ञप्तिमा भनिएको छ ।
Source: Ekantipur