काठमाडौ, चैत्र २ - रकारका कानुनी सल्लाहकार महान्यायाधीवक्ता मुक्ति प्रधानले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमनसँगै महान्यायाधीवक्ता प्रधानले शुक्रबार राजीनामा दिएका हुन् । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई सिंहदरवारमा भेटेर उनले राजीनामा दिएका हुन् ।
निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले २०६७ साल भदौ २२ गते प्रधानलाई महान्यायाधीवक्ता नियुक्त गरेका थिए । महान्यायाधीवक्ता सरकारको कानुनी सल्लाहकार हो । उनी आफैं राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नामको एनजीओ चलाउँछन् ।
प्रधान पदमा बहाल रहँदा डेकेन्द्रराज थापा प्रकरणमा विवादित रहे ।
Source: Ekantipur