युवतीहरुलाई यौनधन्दामा लगाउने फरार महिला पक्राउ

Kamala Sherchan

Kamala Sherchan

मानव वेचबिखन तथा ओासार—पोसार मुद्दामा फरार रहेकी पोखरा—२७ कि ४२ वर्षीय कमला शेरचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पक्राउ गरेको छ । युवतीहरुलाई ललाई फकाई यौनधन्दामा लगाउने र नमान्नेलाई डरत्रास धम्की दिई यौन कार्य गर्न बाध्य बनाउने गरेको आरोप लागेकी शेरचनले पोखरा—९ नागढुंगामा निरभाना रेष्टुरेण्ट सञ्चालन गर्दै आईरहेकी थिइन् ।

रेष्टुरेण्टमा कार्यरत चारजना युवतीलाई रेष्टुरेण्टमा साधारण काम तथा घर सफाईको लागि भन्दै रोजगारी दिए पनि ती युवतीहरुलाई उनले जबरजस्ती यौनधन्दामा लगाउने गरेकी थिईन् । पीडित युवतीहरुले रेष्टुरेण्ट सञ्चालिका शेरचन विरुद्ध मानव बेचबिखन तथा ओासरपसार मुद्दामा छुट्टा—छुट्टै जाहेरी दिएका थिए । प्रहरीले पीडित युवतीसँग घटनाका बारेमा कास्की जिल्ला अदालतबाट बयान प्रमाणित गरिसकेको कास्की प्रहरी प्रमुख एसपी हरि पालले जानकारी दिए । फरार रहेकी शेरचनलाई पक्राउ लगत्तै आजै जिल्ला अदालत कास्कीबाट मानवबेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

Source: Don News National Daily


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments