डेट एक्सपाएर औषधि सहित राहत लिएर आएको छ भारत

मिल्ट्रि सिद्धान्त विपरित आफ्नो नागरिको मात्रै उद्धारमा देखियो भारतीय सेना

यतिबेला भारतले असल छिमेकीले गर्ने व्यवहार भन्दा प्रचार बढि गरेको देखिन्छ । अध्ययागमनका एक अधिकारीले भने– ‘भारतीय जहाज आउँछन । सबै राहत होला भन्यो । आधा भन्दा बढि टेलिभिजनका सामान वाटरप्रुफ सहित आउँछन । हामी हेरेको हेरै छौं ।’

भारतीय सञ्चारमाध्यमले भने जसरी भारत नभए नेपालले यति सहज अनुभुति गर्न पाउने थिएन भने जुन ढंगले प्रचार गरिएको त्यसेको भित्री पक्ष भने खतरनाक छ । भारतीय सेनाले आफ्ना मिडियालाई हेलिकप्टरमा चढाएर केही भयावह दृष्य कैद गरेर जुन ढंगले एकोहोरो प्रचार गरेको छ, त्यो उद्धार भन्दा प्रचार बढि देखिएको छ ।

भारतबाट जति सहयोग भनेर गाडी, जहाज, हेलिकप्टर आए सबै भारतीय नागरिकका लागि उद्धारमा तल्लिन देखिन्छ । यतिबेला अन्य मुलुकबाट आएको उद्धार टोलीलाई समेत भारतीय पक्षले अवरोध गरेको छ । भारतले राहतका लागि लिएका औषधी, खाद्यय सामाग्री लगायतको जसरी प्रचार गरिएको छ त्यसको गुणस्तर, एक्सपाएर डेट समेत गएको देखिन्छ ।

मुलुकले महाविपत्ति बेहोरिरहेको बेला ‘धमिलो पानीमा माछा मार्ने’ शैलीमा भारत प्रस्तुत भएको छ । उसले मोदी सरकारकै कारण नेपालले यति ठूलो विपत्ति भोग्दा समेत तत्कालै राहत महसुस ग¥यो भनि जुन प्रचार गरेको छ, त्यसबाट असल छिमेकीको व्यवहार नभएको नेपाली कुटनीतिज्ञहरुले टिप्पणी गरेका छन् ।

अहिले अन्र्तराष्ट्रिय विमान स्थलको एयर ट्राफिक कन्ट्रोल भारतीय सेनाको इसारामा चलेको छ । भारतबाट ल्याईका ३ ठूला कार्गो, १२ हेलिकप्टर मध्ये ६ वटा अन्र्तराष्ट्रिय विमानस्थलमा राखिएको छ । ६ वटा पोखरामा । भारतीय सेनाले जहाज र हेलिकप्टर राखिरहेका कारण त्रिपाल, औषधी स्वास्थ्यकर्मी सहितको चाइनिज २ जहाज अवतरण हुन सकेन । त्यस्तै टीजी फ्लाइटलाई समेत भारतीय हेलिकप्टर र कार्गोकै कारण अवतरण हुन सकेन ।

भारतीय पक्षले कुनै सहयोग नगरेको भन्ने होइन । तर, उसको एक पक्षले पुरै प्रचार बाहेक केही गरेको छैन । पोखरा विमानस्थलका एक कर्मचारीले भने– ‘हाम्रो एउटा र भारतीय हेलिकप्टर २ वटा मुक्तिनाथ क्षेत्रमा गयो । भारतीय हेलिकप्टरले ५ वटा त्रिपाल बोकेर गयो । पछि आउँदा घाइते, विरामी नभई १७ जना भारतीय नागरिक लिएर फर्कियो ।’

त्यस्तै भारतबाट सहयोग, उद्धार सामाग्री लिएर आएका बसमा भारतीय नागरिक छानिछानि लगेको तथ्य राजधानीमै छ । जब ‘मिल्ट्र भाषामा’ उद्धार भनेको ‘१५ देखि २० मिनेटमा समेत मान्छे बचाउन सकिन्छ । उद्धार गर्दा कुन देशको नागरिक, कुन लिङ्ग, कुन भाषिक भनेर भेदभाव गर्न पाइन्नँ । मानवता पहिलो हो भन्ने मिल्ट्री सिद्धान्त हो ।’

जब ‘मिल्ट्र भाषामा’ उद्धार भनेको ‘१५ देखि २० मिनेटमा समेत मान्छे बचाउन सकिन्छ । उद्धार गर्दा कुन देशको नागरिक, कुन लिङ्ग, कुन भाषिक भनेर भेदभाव गर्न पाइन्नँ । मानवता पहिलो हो भन्ने मिल्ट्री सिद्धान्त हो ।’  Indian Tourist rescued by the Indian Air Force. The true victims of earthquake were left behind.

Indian Tourist rescued by the Indian Air Force. The true victims of earthquake were left behind.

यतिबेला भारतले असल छिमेकीले गर्ने व्यवहार भन्दा प्रचार बढि गरेको देखिन्छ । अध्ययागमनका एक अधिकारीले भने– ‘भारतीय जहाज आउँछन । सबै राहत होला भन्यो । आधा भन्दा बढि टेलिभिजनका सामान वाटरप्रुफ सहित आउँछन । हामी हेरेको हेरै छौं ।’

गृहमन्त्रालयको एक उच्च स्रोतका अनुसार उत्तरप्रदेशबाट आएको ६ ट्रक औषधीको डेट एक्सपाएर हुन जम्मा ४५ दिन मात्रै बाँकी छ । जब कि १३ जिल्लाका विगत गाउँमा औषधी पु¥याउन कम्तिमा १० दिन लाग्छ । विरामीले त्यो औषधी कति दिन खाने ? स्रोतले भन्यो । अहिले ती ४५ दिन म्याद भएका औषधी प्रयोग गर्ने नगर्ने बारे गृहमा छलफल भएको स्रोतले बतायो ।

Source: everestdainik.com


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments


Warning: file_put_contents(/home/pokhcity/public_html/wp-content/cache/zencache/cache/http/www-pokharacity-com/india-role.html-5a112b5167b40901860049-tmp): failed to open stream: Disk quota exceeded in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1042

Fatal error: Uncaught exception 'Exception' with message 'ZenCache: failed to write cache file for: `/india-role/`; possible permissions issue (or race condition), please check your cache directory: `/home/pokhcity/public_html/wp-content/cache/zencache/cache`.' in /home/pokhcity/public_html/wp-content/advanced-cache.php:1050 Stack trace: #0 [internal function]: zencache\advanced_cache->output_buffer_callback_handler('<!DOCTYPE html>...', 9) #1 /home/pokhcity/public_html/wp-includes/functions.php(3464): ob_end_flush() #2 [internal function]: wp_ob_end_flush_all('') #3 /home/pokhcity/public_html/wp-includes/plugin.php(525): call_user_func_array('wp_ob_end_flush...', Array) #4 /home/pokhcity/public_html/wp-includes/load.php(635): do_action('shutdown') #5 [internal function]: shutdown_action_hook() #6 {main} thrown in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1050