Home   Contacts   About Us  
                         
                         
                         
 
 

2:00 PM News
09th August, Daily Updated

सहयोगको लागि अपिल गर्दे मृगौला पिडित इमान गुरुङ

 
 मानिसको जिन्दगी पनि अचम्मको हुन्छ । कहिले आँसु, कहिले हाँसो । कहिले मिलन, कहिले विछोड यस्तै यस्तै । मृत्युको अन्तिम घडि सम्म पुग्दा पनि हाँसी रहनु पर्ने । यस्तै दर्दनाक
परिस्थितिवाट गुज्ज्रीरहनु भएको छ इमान गुरुङ । बाबा तेज बहादुर गुरुङ र आमा नौमती गुरुङको कोखवाट ३७ वर्षअगाडी विरुवा अर्चले ३ गावुडाँडा स्याङजामा काइला छोराको रुपमा जन्मनु भएका
इमान गुरुङ यति बेला दुबै मृगौलाले काम गर्न छाडे पछि मृत्युलाई जित्न संर्घष गरिरहेका छन् । २०५३ सालमा देवी कुमारी गुरुङसँग वैवाहिक जिवनमा बाँधिनु भएका गुरुङको २ वटा छोरीहरु पनि छन्
१२ वर्ष समिक्षा कक्षा ५ मा sos मा अध्ययनरत छन् भने ४ वर्षीय सदिक्षा भर्खर नर्सरीमा लखन वो. स्कुलमा भर्ना भएको छ ।
इमान गुरुङ पेशाले शिक्षक हुन् । जामुने डाँडा मा.वि विरुवा अर्चले ५ स्याङजामा वहाँ अध्यापन गराउनु हुन्छ । निजि स्रोत वाट अध्यापन गर्राई रहनु भएका गुरुङ २०५९ सालवाट उक्त पेशामा
लाग्नु भएको हो । अत्यन्य हँसिलो, मिजासिलो, साथीभाईसँग छिट्टै घुलमिल हुन रुचाउनु हुने इमान गुरुङ यतिवेला मृत्युलाई कुरेर बसि रहनु भएको छ । आर्थिक स्थिति अत्यन्त कमजोर रहेका
गुरुङलाई आफ्नो दुबै मृगौलाले काम नगर्ने त्यति बेला थाहा भयो जतिवेला वहाँ फेवासिटि हस्पिटलका डा. वुद्धि बहादुर थापासँग जाँच गर्न जानु भयो त्यहाँवाट वहाँले काडमाडौंको मृगौला केन्द्रमा जचाउनु
भए पछिमात्र यो कुराको पुष्टि भएको थियो । बाबाको बारेमा बेखवर समिक्षा र सदिक्षा घरमा अत्यन्त खुशीसँग खेलिरहेका हुन्छन् । आमा त्यो दृष्य हेरेर गहभरि आँसु पारिरहेको हुन्छ तर नानीहरुलाई
त्यो कुराको पत्तै हुँदैन । लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमा साहाराको लठ्ठी जब भाँचिन्छ त्यो हँसिलो मुहारमा कस्तो खालको अनुभुती होला - आमाले त्यतिवेला उनीहरुको मन कसरी बुझाउछ होला
- नानीहरुको त्यो कलिलो मस्तिस्कमा कस्तो खालको असर पर्ला -
उफ..............! कल्पना गर्न पनि कति गाह्रो ! यदि त्यो ठाँउमा हामी भई दिएको भए ! हाम्रो वावु नानी भई दिएको भए ! यस्तो दिन त कसैको लागि पनि नआओस् । भाग्यको खेलनै भन्नु पर्ला
मलाई मेरो मृत्युसँग भन्दा पनि मेरो श्रीमती अनि मेरो छोरीहरुको भविष्य प्रति ज्यादै चिन्ता लागेको छ । मृगौला फेर्न धेरै पौसा लाग्ने रहेछ त्यति धेरै पैसा खर्च गर्न सक्ने मेरो हैसियतनै छैन, त्यसैले
मलाई सहयोग गरेर मेरो वालवच्चाको सुनौलो भविष्य कोरीदिनको निम्ति देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदिवहिनी, बाबा आमाहरुलाई सहयोगको लागि म - इमान गुरुङ अपिल गर्न
चाहन्छु ।
हो समय र परिस्थितिलाई कस्ले जित्न सक्दो रहेछ र ! तपाईहरुको एउटा सानो तथा थोरै सहयोगले वहाँको तथा वहाँको परिवारको जिन्दगी बच्न सक्दछ भने किन सहयोग नगर्ने ! वहाँको खातामा रकम
जम्मा गरेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं ।

 

मेरो बैंक एकाउन्ट
A/C no.- 01105020254731
Swift Code - NIBL, NTKT
NEPAL INVESTMENT BANK LTD, NEPAL
   

+ Recommended by Lonely Planet (08 Feb 2011)

 
 

BANNERS

Our Clients, Pokharacity.com

People & Culture

more

Shreya Gurung

Commercials