Home   Contacts   About Us  
               
               
               
 
 

From Pokhara
2:00 PM 
Daily Updated 

GOSSIP

+ more

जलवायु परिवर्तन, कोपनहेगन र चोट पाउने भ्यागूताहरु
Category: Gossip - Interaction

Post By: Sorlag | Date: 08 Jan 2010

Coments: 3

जलवायु परिवर्तन, कोपनहेगन र चोट पाउने भ्यागूताहरु-भानु पराजुली


उहिले माछापुछ्रे


अहिले माछापुछ्रे
हिमालहरु भनेका सुन्दर यूवतिहरु जस्तै हुन् । एक पल्ट देखेपछि फर्की फर्की हेर्न मन लाग्छ । त्यसैले म संधै नेपाल आईरहन्छु नि ..........। अष्ट्रियाका गोरा पिटर हृयावलरले हिमाल हेरेपछि पङतिकारलाई भने । यस्तै सुन्दर हिमालहरुलाई धित मरुन्जेल परेलीमा सजाउन र हिमालको काखमा ग्वाम्ल्यङ्ग अँगालो मार्न धेरै विदेशी पाहुनाहरु हामी कहाँ आउछन् । हिमालको मनमोहकतामा भूलेर र्स्वर्गको अनुभूति गर्नु धेरैको दिनचर्या पनि वनेको छ । तर, हिमालको आयू कता जाँदैछ । कसैको चिन्ता र चासो नदेखिनु अहिलेको सवैभन्दा ठूलो समस्या हो । हिमाली संस्कृति र स्वरुपमा ठूलो परिवर्तन आएको छ । धेरै भैसकेको रहेछ, हिमालको थोपडा नहेरेको । त्यसैले यसपाली वेस्सरी घोत्लिन मन लाग्यो ।

नेपाल र हिमाल विश्वर् इतिहास र वर्तमानमा पनि परिपूरक भैसकेको अवस्था हामीसंग छ । नेपालमा ७० मिटर देखि ८,८४८ मिटरसम्मको भौगोलिक बिविधता भएका सानाठूला गरी ३ हजारभन्दा बढी हिमाल छन् । पोखराबाट आठ हजार मिटर भन्दा अग्ला अन्नपूर्ण, धौलागिरी आँखामा सजाउन सकिन्छ । नेपालको हिमाली गौरव, सभ्यता र जीवन पश्चिमाहरुको लागि चाख लाग्दो र रोमान्टीक सपना वन्ने गरेको छ । धेरै गोराहरु सपना समात्ने जोशमा हिमाली देश अर्थात नेपाल आउनु गन्तव्य वनेको छ ।

विश्वको ३० प्रतिशत हिमनदी नेपालमा छन् । नेपालको ५ हजार ३ सय २३ वर्गकिलोमिटर भाग ३ हजार २ सय ५२ हिमनदीहरुले आगटेको छ । करिव २ हजार ३ सय २३ हिमतालहरुले ७५.७ वर्ग किलोमिटर नेपालको भूभाग ओगटेको छ । तापक्रम वृद्धिले गर्दा हिमनदीहरु पग्लिएर हिमतालहरुको संरचना र आकार वढ्दै गएको छ । नेपालका हिमनदीहरु पछिल्लो समय ३० सेन्टीमिटर देखि १ मिटरसम्म वाषिर्क रुपमा पातालिदैँ छन् भने १० देखि २० सेन्टीमटरसम्म वाषिर्क पछि सरेको अथवा पग्लिएर गएको र्सर्वेक्षणले देखाएको छ । अहिले कै परिस्थितीमा वैज्ञानिकका अनुसार ४ ड्रि्री सेल्सीयस तापक्रम वढ्ने हो, भने नेपालको आगामी पुस्ताको लागि हिमनदीहरु एकादेशको कथा वन्न सक्नेछ । हिमनदी छिटो पग्लनाले हिमतालमा धेरै मात्रामा पानी जम्मा हुन जान्छ । यस्तो परिवेशमा कुनै पनि वखत ती ताल फूटेर ठूलो वाढि आउँन सक्छ । नेपालमा अहिलेसम्म ५ वटा हिमतालहरु फुटिसकेका छन् भने संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम अर्न्तर्गत गरिएको एक अध्ययन अनुसार नेपालका ४० वटा हिमताल फुट्ने खतरामा छन् । च्छो रोल्पा, थूलागी, वरुणर्,र् इम्जा, गंगापूर्ण अर्थात मनाङ्ग हिमतालहरु खतरापूर्ण अवस्थामा छन् । नेपालबाट वर्षेनी भारतीय उपमहाद्धिपमा बगेर जाने २ सय २५ घनमिटर पानीको श्रोत पनि हिमाल नै हो । नेपालका हिमालवाट वगेर गएको नदीको भारतमा छुट्टै नदी सभ्यता विकास भएको छ । तर, सभ्यताको पूजारी हिमाल हाम्रै कारणले संकटमा परेका छन् । पोखराको नजिकै रहेको माछापुच्छ्रे हिमाललाई हामी वुझ्न सक्छौ २५ वर्षपहिले हिउँको रेखा देखिने ठाँउमा अहिले कालो चट्टान देखिएको छ ।

नेपालमा वाषिर्क शुन्य दशमलव ६ ड्रि्री सेल्सीयसका दरले तापक्रम वढ्दा- हिँउ, हिमताल र हिमनदी पग्लिने क्रम वढेको छ । हिमालमा हिँउ पर्न छोडेको छ । मनाङको गंगापूर्ण ग्यासियर पग्लँदा त्यहाँका हिमतालको अस्तित्व संकटमा छ, भने धौलागिरी हिमालको हिउँ पनि निकै घटेको छ । नेपालमा भएका ६७ वटा हिमनदीको आकार पनि फरक भैसकेको विज्ञहरु भन्छन् ।

हिउँ पग्लिएर वगेको पानी समुन्द्री पानीको आयतनमा वृद्धि गरी समुन्द्रसतह वढ्नमा थप मद्धत पूगेको छ । सन् १९६१ र २००३ का वीचमा समुन्द्री सतहमा १.८ मिलिमिटरले वृद्धि भएको छ भने सन् २१०० को अन्त्यसम्म समुन्द्रको सतहमा ०.१८ देखि ०.५९ मिटर वृद्धि हुने अनुमान गरिएको छ । नेपालमा विश्व जनसंख्याको शुन्य दशमलव ४ प्रतिशत मानिस वस्छन् । तर विश्वको हरितगृह ग्यासको उर्त्र्सजन चाँही ०.०२५ प्रतिशत मात्र नेपालले उत्र्सर्जित गर्छ । सन् २१०० भित्र ३० सेन्टीमिटरसम्म समुन्द्री सतह वढ्ने अनुमान गरिएको छ । सन् १९७५ देखि सन् २००६ सम्म नेपालको तथ्याङ्ग विश्लेषण गर्दा ३२ वर्षभत्र औसतमा १.८ ड्रि्री सेल्सीयस तापक्रम वढेको छ । भौगोलिक क्षेत्रका आधारमा तर्राई र मध्य पहाडी क्षेत्रमा भन्दा उच्च पहाडी, हिमाली तथा हिमाल पारीका क्षेत्रमा तापक्रमको वृद्धिदर वढि छ । त्यस्तै, नेपालको औसत वषर्ा, प्रतिवर्ष१३ मिलिमिटरका दरले वढेको छ भने वषर्ातका दिनहरुमा प्रतिवर्ष०.८ दिनले घटेको छ ।

नेपालको हिमाली श्रृङखलामा हिमरेखा माथि र्सर्दै छ । जलवायुका परम्परागत क्षेत्र वदलिएर जलवायुका क्षेत्रहरु उचाईतीर लम्केको पाईन्छ । यसको परिणाम अव वेसींमा पाईने वनस्पति पहाडमा, पहाडमा पाईने वनस्पति र जीवजन्तु अझ माथि हिमाली क्षेत्रतीर पाईने र हिमालमा पाईने वनस्पति र जीवजन्तु नाश हुने अवस्था आएको छ । मानिसका लागि परिवर्तन जलवायु अनुकुलको खेतीपाती लगाउने, मौसममा आएको परिवर्तन अनुसार खेतीपातीको मौसम परिवर्तन गर्ने अनि पशुपालनमा समेत त्यही कुराको ख्याल गर्नुपर्ने अवस्था आएको छ । अहिले हिमाली क्षेत्रमा समेत लामखुट्टे देखिने गरेको छ । पहाडको गर्मी फाँटमा वस्ने वाँदरहरु हिमाल चड्न थालेको पाईन्छ भने तर्राईमा देखिने र्सपहरु समेत हिमाली क्षेत्रमा हिडेका छन् ।तापक्रम वृद्धिले अहिले जताततै साङ्ला भेटिन थालेको छ । तापक्रम वृद्धिले सामान्य समय भन्दा छिटोछिटो वच्चा जन्माउन थालेको विज्ञहरु भन्छन् । केही वर्षपहिलेसम्म नपाईने ठाँउहरुमा पनि अहिले साङ्ला देखिन थालेको छ । तीन सातामा वच्चा जन्माउने साङलाले अहिले दुइ साता मै वच्चा जन्माउँछ । एक पटकमा ११ देखि १३ वटासम्म वच्चा जन्माउने साङलाले अहिले २०/२० वटा जन्माउने प्राणी शास्त्रका वैज्ञानिकहरुले निकालेको तथ्याङ्गमा उल्लेख छ । संख्या मात्रै होईन आकार पनि वढेको छ । तातोपन वढेपछि साङलाको जीवन शैली अनुकुल भएको कारण पनि वढि वृद्धि भएको हो । हानी नगरेपनि यसले एन्थ्रयाक्स नामक व्याक्ट्ररिया वढाउन सक्छ । साङलो ओभ्निभरस अर्थात मांसाहारी र शाकाहरी दुवै प्रजातिमा पर्ने र जस्तोसूकै वातावरणमा पनि वाँच्न सक्ने भएकाले तातो वढेपछि झनै संख्या वढ्ने छ । नेपालमा जलवायू परिवर्तनको यसको प्रभाव भनेको हाईड्रो पावरमा धन कमाउने आशा र सपना महङ्गो सावित हुन सक्छ । तर्राईमा सिंचाई कटौति हुन सक्नेछ । अनावृष्टि, अतिवृष्टि तथा बाढी पहिरोको प्रकोप पहिलाभन्दा बढने सुनिश्चीत छ ।

नेपालवाट हरितगृह ग्यासको निष्काशन जम्मा शुन्य दशमलव शुन्य २५ प्रतिशत मात्रै छ । अमेरिका विश्वमा सवैभन्दा धेरै कार्वन उर्त्र्सजन गर्ने देश हो । त्यसपछि, अष्टे्रलिया, क्यानाडा, रसिया, दक्षिण कोरिया,स्पेन, चीन, भारत लगायतका देशहरु वढि कार्वन उर्त्र्सजन गर्ने राष्ट्रहरुको सूचिमा छन् । यस तथ्याङकलाई आधार मान्ने हो भने जलवायू परिवर्तनको असर नेपाल, भारत, चीन, भूटान, वंगलादेश र माल्दिभ्स लगायतका हिमाली क्षेत्र र तल्लो समुन्द्रीय तटका क्षेत्रका मूलुकहरुमा धेरै असर परेको छ । त्यस कारण पनि जलवायु परिवर्तन र्सार्क राष्ट्रको लागि अव क्षेत्रीय मुद्धा वन्नु पर्दछ । कार्वन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, पानीको वाफ लगायतका ग्याँसहरु हरितगृह ग्यासका रुपमा परिचीत छन् । हरितगृह प्रभावका कारण सन १९९० देखि २०१० को बीचमा पृथ्वीको तापक्रम १.४ प्रतिशतले बढ्ने जलवायु परिवर्तन संबन्धी अन्तराष्ट्रिय प्यानलको अनुमान छ । आमकिसान, योजनाविद् र नीति निर्माता सवै चनाखो हुनुपर्ने जटिल अवस्था आएको छ । त्यसैले नेपाल जस्ता राष्ट्रहरुले धान खाने मूसो चोट पाउने भ्यागुता जस्तै भएका छन् ।

नेपाल जस्तो भौगोलिक विविधताको बगैंचामा झन छिटो जलवायु परिवर्तनको असर देखिन थालेको छ । पौष-माघको जाडो फागुनमा वढेको अनुभव हुन्छ, भने जेठको अन्तिम सातादेखि शुरु हुने नेपालको मनसून असारको मध्यमा मात्रै सक्रिय हुने गरेको छ । अवको यही रीतिलाई लिने हो भने हाम्रा चाडवाड, पर्व, खेती गर्ने मौसम, खानपिनमा समेत प्रभाव परेको देखिन्छ । हिमाली भेग र पहाडी भेगको जीवन शैलीमा सवैभन्दा वढि अन्तर देखिएको छ । पहाडका अधिकांश जग्गाहरु खेतीयोग्य नभएर व्रि्रीएको छ । उच्चतम् रासायनिक मलको प्रयोग पनि जग्गा विगार्ने मूख्य कारक वन्दै गएको छ । यसको माटोको उज खबगिभ मा अन्तर परेको छ । अर्थात माटोमा अम्लियपन वढ्दै गएको छ जसका कारण खेतीपातीमा प्रभाव परेको हो । यसमा पनि हरितगृह उर्त्र्सजन र सूर्यको परावैजनी किरण सोझै जमिनमा पर्ने अर्थात ओजन तहको विनास हुँदै गएपछि हाम्रो दैनिकी जीवनमा समेत फरकपन आएको छ । विकसित राष्ट्रहरुले सन २०१२ सम्ममा ५ दशमलव २ प्रतिसतले हरितगृह ग्यास उत्पादनमा कमी ल्याउनुपर्ने प्रावधान वनाएको भएपनि त्यो कार्यान्वयन हुने अपेक्षा निकै कम छ ।

यसैवर्षमंसिरको २५ गतेदेखि पौषको ३ गतेसम्म डेनमार्कको कोपनहेगनमा जलवायू परिवर्तन सम्वन्धी १५ औं शिखर सम्मेलन पनि भयो । तर, अमेरिकी राष्ट्रपतिले वाराक ओवामाले पछिल्लो समयमा भन्ने निरासाजनक उपलव्धी जस्तै वन्यो जलवायू परिवर्तन सम्मेलन । विश्वमा अझै पनि धनी र गरिव देशवीच ठूलै संघष छ भन्ने देखिएको छ । किनकी अल्पविकसीत, विकसिल तथा विकसीत राष्ट्रको आ आफ्नै अडान प्रस्तुत भएको थियो ।
कार्वन उत्पादन कम गर्ने पक्षमा सम्झौतापत्रमा हस्ताक्षर गर्नको लागि गरिव देशहरुले दिएको दवाव धनी र कार्वन उत्पादन गर्ने देशको लागि पहाडको विषय त वन्यो, तर अन्तत जीत उनीहरुकै पक्षमा भयो । हाम्रो जस्तो अति न्यून हरितगृह ग्याँस उर्त्सजन गर्ने देश नेपालले पनि वातावरणीय सचेतना दिन निकै ठूलो प्रयत्न पनि गरेको थियो । खासगरी हिमाली मूलुकहरुले गरेको दवावलाई किनारा लगाउन संयुक्त राष्ट्रसंघको मातहतमा रहने गरी जलवायू आयोग वन्ने भएको छ । त्यो पनि फगत जस्तै भएको छ । किनकी कुनै स्पष्ट खाका नआएको कारण यस्ता वन्ने आयोगले ठोस भूमिका खेल्न सक्छन भन्ने विश्वास गर्न सकिदैन । आगामी सन् २०१० मा मेक्सिकोमा हुने जलवायू परिवर्तनको सम्मेलनलाई चाँही यसपालीको सम्मेलनले ठूलै धक्का दिएको छ । त्यसैले उच्चतम् हरित गृह ग्यास उत्पादन गर्ने अमेरिका, चीन, इण्डोनेसिया, ब्राजील तथा भारत जस्ता देशले गम्भीर भएर सोच्ने वेला भैसकेको छ । हिमालै नरहे हामी कहाँ रहन्छौ हाम्रो संस्कृति र सभ्यताले वाई वाई भन्न सक्छ, त्यसैले हिमाली राष्ट्रको पहिचाहन जोगाईराख्न पनि सवै सचेत हिमाली पुत्रहरु एउटै मोर्चामा उभिनु आजको आवश्यकता भैसक्यो।

(लेखक: भानु पराजुली- भूगोल विभाग स्नातकोत्तर तह दोस्रो वर्षपृथ्वीनारायण क्याम्पस पोखरा )

« Back | Top


Post by: kusum @ 22 Jan 2010 10:13 pm
wow...good bhanu very good...ato uttam lekh...keep it up....goodluck..
Post by: Thagu @ 10 Jan 2010 11:38 pm
A very good awareness article with facts. Well done!
Post by: safal ghimire @ 08 Jan 2010 09:39 pm
analysis ramro chha bhanu jee smile
Name:
Email:
Smile: smile wink wassat tongue laughing sad angry crying 
Your Review:
Enter the code shown in the image:
| Forget Me

   

federalism and institutionalization of republic is NC's Main Agenda

federalism and institutionalization of republic is NC's Main Agenda 
The main policies of the NC are republic, federalism and inclusiveness which are the major contents of democratic socialism.

+ READ MORE... (0 comments)

Pariksha (volleyball & basketball player)

Pariksha Gurung, National Volley Ball Player, Pokhara  
Pariksha Gurung is volleyball & basketball player of Pachimanchal and her play on the games has been appreciated by public and she is very popular among Pokhara’s Crowd.

+ READ MORE... (28 comments)

Sipora Gurung, Pride of Pokhara

Sipora Gurung, National Volley Ball Player, Pokhara  
This 5’8” tall girl weighing 60 kg remains busy training in the morning and evening and study in the afternoon. Games have not affected her studies as she holds distinction marks in the final examinations

+ READ MORE... (94 comments)

Music is life - DJ Pappu

One of the promising bachelor and a spectacular cyclist - Santosh Rai

He is now here in Nepal after seven years stay in Australia. He has been working as a DJ for about five years in Australia.

+ READ MORE... (6 comments)

Sunil Bhattarai, a young entrepreneur

Sunil Bhattarai

Sunil Bhattarai, is one of them who suits to the above phrase as he is not just a tagged entrepreneur, but is a true entrepreneur whose idea and work has been admired by many and has been able to inspire a lot. He today is the proprietor of four successful business houses; Levis Home, Busy Bee Cafe, Paranova Nepal Paragliding and Coffee & Mouse, a cyber and LAN Gaming center.

+ READ MORE... (13 comments)

सन्दर्भ १९ औं विश्वकप फूटबल प्रतियोगिता

Worlcup

संसारका लगभग सतप्रतिशत जनमानसले प्रत्यक्ष हेर्ने, बुझ्ने, मनोरञ्जन लिने खेलको रुपमा रहेको विवकप फुटवल प्रतियोगिताको १९ औं संस्करणको शुरुवात हुन केही दिन मात्र बाँकी रहेको छ

+ READ MORE... (4 comments)

One of the promising bachelor and a spectacular cyclist - Santosh Rai

One of the promising bachelor and a spectacular cyclist - Santosh Rai  

I have conducted various meetings with foreign delegates to make Jomson as a spot which is quite suitable for mountain bikers. I just want every people to take the pleasure of mountain bikes.

+ READ MORE... (7 comments)

Branch Manager of Shangri-la Bank

Mati-Pun  

Mati Pun happens to be the youngest lady as the branch manager of the Sangri-la Bank. She is young and a talented lady of just 26 years of age who is enthusiastic and tactful in her work.

+ READ MORE... (9 comments)

Manisha Koirala, a comeback in Nepal film industry

Dharma, Nepalese Movie 

The talented actress is back in her home town shooting for the film “Dharma” where Manisha and Rajesh Hamal happens to be the in the lead role. This film is directed by Dipendra k. Khanal. She was very happy to be back and shoot for her second Nepali movie.

+ READ MORE... (3 comments)

जलवायु परिवर्तन, कोपनहेगन र चोट पाउने भ्यागूताहरु

Lahure

हिमालहरु भनेका सुन्दर यूवतिहरु जस्तै हुन् । एक पल्ट देखेपछि फर्की फर्की हेर्न मन लाग्छ । त्यसैले म संधै नेपाल आईरहन्छु नि ..........

+ READ MORE... (3 comments)

 
 

Shooting Report

Our Clients, Pokharacity.com

People & Culture

more

Manju Gurung, Pariksha Gurung

Featured Model

more

Preeti Poudel

Upcoming Events

Nepal Festival 2010, Melbourne
Nepal Festival 2010
Kid Prince & Princess 2010, Pokhara
Kid Prince & Princess 2010

Past Events

more

 

Miss Nepal 2010
View Pic

 

Nepali Mela 2010, UK
View Pic

 

Gaeso Get Together 2010
View Pic

 

Sano Babu and Sano Pari 2010
View Pic

 

Photo Exhibition 2067
View Pic