|
जलवायु परिवर्तन, कोपनहेगन र चोट पाउने भ्यागूताहरु-भानु पराजुली 
उहिले माछापुछ्रे 
अहिले माछापुछ्रे हिमालहरु भनेका सुन्दर यूवतिहरु जस्तै हुन् । एक पल्ट देखेपछि फर्की फर्की हेर्न मन लाग्छ । त्यसैले म संधै नेपाल आईरहन्छु नि ..........। अष्ट्रियाका गोरा पिटर हृयावलरले हिमाल हेरेपछि पङतिकारलाई भने । यस्तै सुन्दर हिमालहरुलाई धित मरुन्जेल परेलीमा सजाउन र हिमालको काखमा ग्वाम्ल्यङ्ग अँगालो मार्न धेरै विदेशी पाहुनाहरु हामी कहाँ आउछन् । हिमालको मनमोहकतामा भूलेर र्स्वर्गको अनुभूति गर्नु धेरैको दिनचर्या पनि वनेको छ । तर, हिमालको आयू कता जाँदैछ । कसैको चिन्ता र चासो नदेखिनु अहिलेको सवैभन्दा ठूलो समस्या हो । हिमाली संस्कृति र स्वरुपमा ठूलो परिवर्तन आएको छ । धेरै भैसकेको रहेछ, हिमालको थोपडा नहेरेको । त्यसैले यसपाली वेस्सरी घोत्लिन मन लाग्यो ।
नेपाल र हिमाल विश्वर् इतिहास र वर्तमानमा पनि परिपूरक भैसकेको अवस्था हामीसंग छ । नेपालमा ७० मिटर देखि ८,८४८ मिटरसम्मको भौगोलिक बिविधता भएका सानाठूला गरी ३ हजारभन्दा बढी हिमाल छन् । पोखराबाट आठ हजार मिटर भन्दा अग्ला अन्नपूर्ण, धौलागिरी आँखामा सजाउन सकिन्छ । नेपालको हिमाली गौरव, सभ्यता र जीवन पश्चिमाहरुको लागि चाख लाग्दो र रोमान्टीक सपना वन्ने गरेको छ । धेरै गोराहरु सपना समात्ने जोशमा हिमाली देश अर्थात नेपाल आउनु गन्तव्य वनेको छ ।
विश्वको ३० प्रतिशत हिमनदी नेपालमा छन् । नेपालको ५ हजार ३ सय २३ वर्गकिलोमिटर भाग ३ हजार २ सय ५२ हिमनदीहरुले आगटेको छ । करिव २ हजार ३ सय २३ हिमतालहरुले ७५.७ वर्ग किलोमिटर नेपालको भूभाग ओगटेको छ । तापक्रम वृद्धिले गर्दा हिमनदीहरु पग्लिएर हिमतालहरुको संरचना र आकार वढ्दै गएको छ । नेपालका हिमनदीहरु पछिल्लो समय ३० सेन्टीमिटर देखि १ मिटरसम्म वाषिर्क रुपमा पातालिदैँ छन् भने १० देखि २० सेन्टीमटरसम्म वाषिर्क पछि सरेको अथवा पग्लिएर गएको र्सर्वेक्षणले देखाएको छ । अहिले कै परिस्थितीमा वैज्ञानिकका अनुसार ४ ड्रि्री सेल्सीयस तापक्रम वढ्ने हो, भने नेपालको आगामी पुस्ताको लागि हिमनदीहरु एकादेशको कथा वन्न सक्नेछ । हिमनदी छिटो पग्लनाले हिमतालमा धेरै मात्रामा पानी जम्मा हुन जान्छ । यस्तो परिवेशमा कुनै पनि वखत ती ताल फूटेर ठूलो वाढि आउँन सक्छ । नेपालमा अहिलेसम्म ५ वटा हिमतालहरु फुटिसकेका छन् भने संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम अर्न्तर्गत गरिएको एक अध्ययन अनुसार नेपालका ४० वटा हिमताल फुट्ने खतरामा छन् । च्छो रोल्पा, थूलागी, वरुणर्,र् इम्जा, गंगापूर्ण अर्थात मनाङ्ग हिमतालहरु खतरापूर्ण अवस्थामा छन् । नेपालबाट वर्षेनी भारतीय उपमहाद्धिपमा बगेर जाने २ सय २५ घनमिटर पानीको श्रोत पनि हिमाल नै हो । नेपालका हिमालवाट वगेर गएको नदीको भारतमा छुट्टै नदी सभ्यता विकास भएको छ । तर, सभ्यताको पूजारी हिमाल हाम्रै कारणले संकटमा परेका छन् । पोखराको नजिकै रहेको माछापुच्छ्रे हिमाललाई हामी वुझ्न सक्छौ २५ वर्षपहिले हिउँको रेखा देखिने ठाँउमा अहिले कालो चट्टान देखिएको छ ।
नेपालमा वाषिर्क शुन्य दशमलव ६ ड्रि्री सेल्सीयसका दरले तापक्रम वढ्दा- हिँउ, हिमताल र हिमनदी पग्लिने क्रम वढेको छ । हिमालमा हिँउ पर्न छोडेको छ । मनाङको गंगापूर्ण ग्यासियर पग्लँदा त्यहाँका हिमतालको अस्तित्व संकटमा छ, भने धौलागिरी हिमालको हिउँ पनि निकै घटेको छ । नेपालमा भएका ६७ वटा हिमनदीको आकार पनि फरक भैसकेको विज्ञहरु भन्छन् ।
हिउँ पग्लिएर वगेको पानी समुन्द्री पानीको आयतनमा वृद्धि गरी समुन्द्रसतह वढ्नमा थप मद्धत पूगेको छ । सन् १९६१ र २००३ का वीचमा समुन्द्री सतहमा १.८ मिलिमिटरले वृद्धि भएको छ भने सन् २१०० को अन्त्यसम्म समुन्द्रको सतहमा ०.१८ देखि ०.५९ मिटर वृद्धि हुने अनुमान गरिएको छ । नेपालमा विश्व जनसंख्याको शुन्य दशमलव ४ प्रतिशत मानिस वस्छन् । तर विश्वको हरितगृह ग्यासको उर्त्र्सजन चाँही ०.०२५ प्रतिशत मात्र नेपालले उत्र्सर्जित गर्छ । सन् २१०० भित्र ३० सेन्टीमिटरसम्म समुन्द्री सतह वढ्ने अनुमान गरिएको छ । सन् १९७५ देखि सन् २००६ सम्म नेपालको तथ्याङ्ग विश्लेषण गर्दा ३२ वर्षभत्र औसतमा १.८ ड्रि्री सेल्सीयस तापक्रम वढेको छ । भौगोलिक क्षेत्रका आधारमा तर्राई र मध्य पहाडी क्षेत्रमा भन्दा उच्च पहाडी, हिमाली तथा हिमाल पारीका क्षेत्रमा तापक्रमको वृद्धिदर वढि छ । त्यस्तै, नेपालको औसत वषर्ा, प्रतिवर्ष१३ मिलिमिटरका दरले वढेको छ भने वषर्ातका दिनहरुमा प्रतिवर्ष०.८ दिनले घटेको छ ।
नेपालको हिमाली श्रृङखलामा हिमरेखा माथि र्सर्दै छ । जलवायुका परम्परागत क्षेत्र वदलिएर जलवायुका क्षेत्रहरु उचाईतीर लम्केको पाईन्छ । यसको परिणाम अव वेसींमा पाईने वनस्पति पहाडमा, पहाडमा पाईने वनस्पति र जीवजन्तु अझ माथि हिमाली क्षेत्रतीर पाईने र हिमालमा पाईने वनस्पति र जीवजन्तु नाश हुने अवस्था आएको छ । मानिसका लागि परिवर्तन जलवायु अनुकुलको खेतीपाती लगाउने, मौसममा आएको परिवर्तन अनुसार खेतीपातीको मौसम परिवर्तन गर्ने अनि पशुपालनमा समेत त्यही कुराको ख्याल गर्नुपर्ने अवस्था आएको छ । अहिले हिमाली क्षेत्रमा समेत लामखुट्टे देखिने गरेको छ । पहाडको गर्मी फाँटमा वस्ने वाँदरहरु हिमाल चड्न थालेको पाईन्छ भने तर्राईमा देखिने र्सपहरु समेत हिमाली क्षेत्रमा हिडेका छन् ।तापक्रम वृद्धिले अहिले जताततै साङ्ला भेटिन थालेको छ । तापक्रम वृद्धिले सामान्य समय भन्दा छिटोछिटो वच्चा जन्माउन थालेको विज्ञहरु भन्छन् । केही वर्षपहिलेसम्म नपाईने ठाँउहरुमा पनि अहिले साङ्ला देखिन थालेको छ । तीन सातामा वच्चा जन्माउने साङलाले अहिले दुइ साता मै वच्चा जन्माउँछ । एक पटकमा ११ देखि १३ वटासम्म वच्चा जन्माउने साङलाले अहिले २०/२० वटा जन्माउने प्राणी शास्त्रका वैज्ञानिकहरुले निकालेको तथ्याङ्गमा उल्लेख छ । संख्या मात्रै होईन आकार पनि वढेको छ । तातोपन वढेपछि साङलाको जीवन शैली अनुकुल भएको कारण पनि वढि वृद्धि भएको हो । हानी नगरेपनि यसले एन्थ्रयाक्स नामक व्याक्ट्ररिया वढाउन सक्छ । साङलो ओभ्निभरस अर्थात मांसाहारी र शाकाहरी दुवै प्रजातिमा पर्ने र जस्तोसूकै वातावरणमा पनि वाँच्न सक्ने भएकाले तातो वढेपछि झनै संख्या वढ्ने छ । नेपालमा जलवायू परिवर्तनको यसको प्रभाव भनेको हाईड्रो पावरमा धन कमाउने आशा र सपना महङ्गो सावित हुन सक्छ । तर्राईमा सिंचाई कटौति हुन सक्नेछ । अनावृष्टि, अतिवृष्टि तथा बाढी पहिरोको प्रकोप पहिलाभन्दा बढने सुनिश्चीत छ ।
नेपालवाट हरितगृह ग्यासको निष्काशन जम्मा शुन्य दशमलव शुन्य २५ प्रतिशत मात्रै छ । अमेरिका विश्वमा सवैभन्दा धेरै कार्वन उर्त्र्सजन गर्ने देश हो । त्यसपछि, अष्टे्रलिया, क्यानाडा, रसिया, दक्षिण कोरिया,स्पेन, चीन, भारत लगायतका देशहरु वढि कार्वन उर्त्र्सजन गर्ने राष्ट्रहरुको सूचिमा छन् । यस तथ्याङकलाई आधार मान्ने हो भने जलवायू परिवर्तनको असर नेपाल, भारत, चीन, भूटान, वंगलादेश र माल्दिभ्स लगायतका हिमाली क्षेत्र र तल्लो समुन्द्रीय तटका क्षेत्रका मूलुकहरुमा धेरै असर परेको छ । त्यस कारण पनि जलवायु परिवर्तन र्सार्क राष्ट्रको लागि अव क्षेत्रीय मुद्धा वन्नु पर्दछ । कार्वन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, पानीको वाफ लगायतका ग्याँसहरु हरितगृह ग्यासका रुपमा परिचीत छन् । हरितगृह प्रभावका कारण सन १९९० देखि २०१० को बीचमा पृथ्वीको तापक्रम १.४ प्रतिशतले बढ्ने जलवायु परिवर्तन संबन्धी अन्तराष्ट्रिय प्यानलको अनुमान छ । आमकिसान, योजनाविद् र नीति निर्माता सवै चनाखो हुनुपर्ने जटिल अवस्था आएको छ । त्यसैले नेपाल जस्ता राष्ट्रहरुले धान खाने मूसो चोट पाउने भ्यागुता जस्तै भएका छन् ।
नेपाल जस्तो भौगोलिक विविधताको बगैंचामा झन छिटो जलवायु परिवर्तनको असर देखिन थालेको छ । पौष-माघको जाडो फागुनमा वढेको अनुभव हुन्छ, भने जेठको अन्तिम सातादेखि शुरु हुने नेपालको मनसून असारको मध्यमा मात्रै सक्रिय हुने गरेको छ । अवको यही रीतिलाई लिने हो भने हाम्रा चाडवाड, पर्व, खेती गर्ने मौसम, खानपिनमा समेत प्रभाव परेको देखिन्छ । हिमाली भेग र पहाडी भेगको जीवन शैलीमा सवैभन्दा वढि अन्तर देखिएको छ । पहाडका अधिकांश जग्गाहरु खेतीयोग्य नभएर व्रि्रीएको छ । उच्चतम् रासायनिक मलको प्रयोग पनि जग्गा विगार्ने मूख्य कारक वन्दै गएको छ । यसको माटोको उज खबगिभ मा अन्तर परेको छ । अर्थात माटोमा अम्लियपन वढ्दै गएको छ जसका कारण खेतीपातीमा प्रभाव परेको हो । यसमा पनि हरितगृह उर्त्र्सजन र सूर्यको परावैजनी किरण सोझै जमिनमा पर्ने अर्थात ओजन तहको विनास हुँदै गएपछि हाम्रो दैनिकी जीवनमा समेत फरकपन आएको छ । विकसित राष्ट्रहरुले सन २०१२ सम्ममा ५ दशमलव २ प्रतिसतले हरितगृह ग्यास उत्पादनमा कमी ल्याउनुपर्ने प्रावधान वनाएको भएपनि त्यो कार्यान्वयन हुने अपेक्षा निकै कम छ ।
यसैवर्षमंसिरको २५ गतेदेखि पौषको ३ गतेसम्म डेनमार्कको कोपनहेगनमा जलवायू परिवर्तन सम्वन्धी १५ औं शिखर सम्मेलन पनि भयो । तर, अमेरिकी राष्ट्रपतिले वाराक ओवामाले पछिल्लो समयमा भन्ने निरासाजनक उपलव्धी जस्तै वन्यो जलवायू परिवर्तन सम्मेलन । विश्वमा अझै पनि धनी र गरिव देशवीच ठूलै संघष छ भन्ने देखिएको छ । किनकी अल्पविकसीत, विकसिल तथा विकसीत राष्ट्रको आ आफ्नै अडान प्रस्तुत भएको थियो । कार्वन उत्पादन कम गर्ने पक्षमा सम्झौतापत्रमा हस्ताक्षर गर्नको लागि गरिव देशहरुले दिएको दवाव धनी र कार्वन उत्पादन गर्ने देशको लागि पहाडको विषय त वन्यो, तर अन्तत जीत उनीहरुकै पक्षमा भयो । हाम्रो जस्तो अति न्यून हरितगृह ग्याँस उर्त्सजन गर्ने देश नेपालले पनि वातावरणीय सचेतना दिन निकै ठूलो प्रयत्न पनि गरेको थियो । खासगरी हिमाली मूलुकहरुले गरेको दवावलाई किनारा लगाउन संयुक्त राष्ट्रसंघको मातहतमा रहने गरी जलवायू आयोग वन्ने भएको छ । त्यो पनि फगत जस्तै भएको छ । किनकी कुनै स्पष्ट खाका नआएको कारण यस्ता वन्ने आयोगले ठोस भूमिका खेल्न सक्छन भन्ने विश्वास गर्न सकिदैन । आगामी सन् २०१० मा मेक्सिकोमा हुने जलवायू परिवर्तनको सम्मेलनलाई चाँही यसपालीको सम्मेलनले ठूलै धक्का दिएको छ । त्यसैले उच्चतम् हरित गृह ग्यास उत्पादन गर्ने अमेरिका, चीन, इण्डोनेसिया, ब्राजील तथा भारत जस्ता देशले गम्भीर भएर सोच्ने वेला भैसकेको छ । हिमालै नरहे हामी कहाँ रहन्छौ हाम्रो संस्कृति र सभ्यताले वाई वाई भन्न सक्छ, त्यसैले हिमाली राष्ट्रको पहिचाहन जोगाईराख्न पनि सवै सचेत हिमाली पुत्रहरु एउटै मोर्चामा उभिनु आजको आवश्यकता भैसक्यो। (लेखक: भानु पराजुली- भूगोल विभाग स्नातकोत्तर तह दोस्रो वर्षपृथ्वीनारायण क्याम्पस पोखरा ) |