|
पोखरामा हातमा मेहेन्दी लगाउनेको होड
Category:
Gossip - Interaction |
|
|
 |
|
|
|
Post
By:
Sorlag
|
Date:
18 Jul 2009 |
Coments:
5 |
|
|
|
|
हरियो रंग प्रेममा निरन्तरताको प्रतिक हो

हरियो रंग प्रेममा निरन्तरताको प्रतिक हो । सदावहार रङको रुपमा मानिने हरियो रंग लगाउनाले कुनै बिघ्न बाधा नपर्ने ज्योतिषहरुको धारणा अनुसार अहिले श्रावण महिनाको शुरुवात सँगै विवाहित तथा अविवाहित दुबै महिलाहरुका हरियो रंगको चुरा लगाउने गर्दछन् । श्रावण महिनाको शुरुवातसँगै महिलाहरुमा नाडीभरी चुरा लगाउनुको साथै मेहेन्दीले रंगाउनेको पोखरामा पनि केहि वर्षदेखि निक्कै भिड लाग्ने गरेको छ । गाउँ, शहर, तराई, पहाड यतिवेला हरियो चुराको छिनछिनसँगै रमाईरहेको छ । विवाहितहरु जसको श्रीमन् विदेशमा रहेको छ उनीहरुको सु स्वास्थको कामना गर्नको निम्ति यो अवसर पारेर व्रत वस्नुको साथै हरियो चुरा हातको नाडी भरी लगाउने गर्दछन् । अविवाहितहरु जो भर्खर प्रेममा परेका छन् र प्रेममा नपरेको भए पनि उनको भविष्यको जिवन साथी आफुलाई माया गर्ने आनि राम्रो र दुइ जनाको साथ कहिल्यै नछुटोस् भनी हातमा हरियो चुरा, मेहेन्दी लगाउनुको साथै यो महिना व्रत पनि वस्दछ । हिन्दु धर्म अनुसार यो महिना भरि व्रत वसे आफुले खोजे अनुसारको पति पाईन्छ । वर्ष भरि खाने असार गरे लगतै यो महिना शुरु हुने हुनाले यो वर्ष हिलो मैलो पखाली कुनै रोगहरुले छुन नसकोस् भनेर लुतो पनि फाल्ने गरिन्छ । श्रावण लागेपछि विधिवत रुपमा चार्डपर्व भित्रिने हुनाले पनि यो पर्वलाई विशेष रुपमा मनाउने गरिन्छ । नेवार समुदायमा पनि यो पर्वले विशेष महत्व राख्दछ ।
 आफ्नो पतिको लागि अनि प्रेममा परेकोहरुले प्रेमीको लागी विशेष रुपमा यो व्रत वस्ने गर्दछन् । यति वेला पोखरामा पनि हरियो चुरा लगाउने अनि हातमा मेहेन्दी लगाउनेको भिड निक्कै बढेको छ । श्रावण महिनामा व्रत वस्नु अनि पति परमेश्वरको सु स्वास्थको कामना गर्नु प्रत्येक हिन्दु नारीको पहिचान हो । तर हातको नाडीमा भरि भराउ हरियो चुरा लगाउनु अनि हातै भरि मेहेन्दी लगाउनु हाम्रो संस्कृति भने पक्कै होइन । नेपालमा यो चलन आएको पनि धेरै भएको छैन । जे होस् यसले नेपालमा छिट्टै जरा गाड्न सफल भयो ।
 पोखराको महेन्द्रपुल बजार यतिवेला मेहेन्दी लगाउनेको निक्कै भिड जम्ने गरेको छ । सु रोचक हेण्डसम एण्ड लेडिज पार्लर का संचालक कमला गुरुङ्ग र सुनिता गुरुङ्ग भन्नुहुन्छ यो हाम्रो संस्कृति हैन भारतवाट आएको चलन हो तर हाम्रोमा यसले राम्रै प्रभाव जमाएको छ । यसोभनि रहँदा वहाँहरु पनि मेहेन्दी लगाउँदै थिए । आफ्नो साथीहरुसँग बजारमा मेहेन्दी लगाउँदै गरेको सृजना,सुस्मिता,दिपा,मुना,सारदा,अनिता हामीलाई त राम्रो लागेर लगाउन आएको हो हाम्रो त कसैको पनि केटा छैन हा....हा.....हा.....सबैजना एकै जना एकै स्वरमा हाँस्दै थियो । हरियो चुरा चाँहि सबैले लगाएको देखेर लगाएको अनिताले भने । धेरै जसो युवतीहरु अरुको देखासिदखी गरेर हातमा चुरा लगाउने अनि मेहेन्दी लगाउने गरेको पाईयो । आफ्नो गर्ल फ्रेण्डसँग आई रहेको बसन्त उसलाई पनि हातमा मेहेन्दी लगाउन भन्दै थियो । सबैले लगाएको छ लगाउँछु भन्छ । उसले व्रत बस्यो भने मेरो आयु लामो हुन्छ रे ! हा...हा बसन्त भन्दै थिए । गुरुङ्ग फेन्सी स्टोर्स अगाडि मेहेन्दी लगाउन बसेकाहरु ग्राहकलाई वोलाउँदै मेहेन्दी लगाउन कर गरिरहेका थिए । रामबजारका सुस्मिता आफ्नो दिदिसँग चुरा किन्न बिसाल बजार भित्रको पसलमा जाँदै थिए । सबैले लगाएको देखेर भनै कि आफ्नो श्रीमानको सु स्वास्थको कामना गर्न भनौ श्रावण महिनाको व्रत लिएको छु । त्यहि पसलका सबनम खातुन भन्नु हुन्छ यो वर्ष त हरियो चुराको व्यापार निक्कै बढेको छ । भगवान् हरि चार महिनाका लागी शयन गर्ने महिना, पार्वतीले शिवजी पति पाउँ भनि व्रत बसेको महिना र शिवजी पनि पाएको महिना पनि भएको हुनाले श्रावण महिना धार्मिक तथा वैज्ञानिक रुपमा महत्वपूर्ण रहेको मानिन्छ ।




 Article and Photo : Bhupal Gurung ( Pokharacity.com)
|
|
|
|
|
|
|
|
|
|
|
|
|