
"डान्स रेष्टुरेन्ट" यो शब्द सुन्ने वितिक्कै मान्छेहरू नाक खुम्च्याउँछन् । हाम्रो समाज अझै यो शब्द र पेशा सँग त्यति नजिकबाट परिचित हुन सकिरहेको छैन र परिचित हुन पनि चाहन्न । “ डान्स रेष्टुरेन्टमा नराम्रो कृयाकलाप हुन्छ , गृहमन्त्रीकै शब्दमा रातको समयमा खोलिने यस्ता ब्यबसायहरूमा २ नम्बरी धन्दा निर्मुल पार्न ११ बजे नै यस्ता ब्यबसाय बन्द गर्नु परेको बताउँछन् ।

नेपालकै सुन्दर तथा पर्यटकिय शहर पोखरा, पोखराको पर्यटकिय क्षेत्र लेकसाइड र पोखराकै मुटु महेन्द्रपुलमा गरेर जम्मा आठ वटा डान्स रेष्टुरेन्टहरु रहेको छन् । व्यवसायिक हिसाबले खोलिएका यि रेष्टुरेन्टहरुमा २५ देखि ४८ जनाको हाराहारीमा स्टफहरु रहेको छ । गृहमन्त्रीको आदेश पछि प्राय लगभग बन्द हुने अवस्थामा पुगेका यि डान्स रेष्टुरेन्टहरु अहिले फेरि जुर्मुराउन थालेको छ । club nasha ,Ibiza dance restaurant,show girl dance bar,seven eleven , garden dance, sky palace , , लेकसाइडमा रहेको छ भने a one dance kailash ,wild rose महेन्दपुलमा रहेको छ ।

डान्स रेष्टुरेन्टलाई हेने हाम्रो समाजको दृष्टिकोण अबको दिनमा फेरिनु पर्दछ । डान्सरहरु जो आफ्नो कला प्रर्दशन गरेर ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्छन् र पारिश्रमिक लिन्छ, जुन पारिश्रमिकले घर परीवारको निम्ती खर्च गर्दछ भने त्यो कसरी नराम्रो हुन्छ - डान्स रेष्टुरेन्टमा काम गर्ने एका दुइले गर्दा र त्यस्तो मनासय लिएर आउने व्यक्तिहरुले गर्दा यो पेशालाई नराम्रो दृष्टिकोणबाट हेर्ने गरिएको छ । पश्चिमीराष्ट्रहरु २१औ शताब्दीमा दौडिरहेको अवस्थामा हामी भने झन् झन् पछाडी पर्दैछौ कि,पोखरामा सञ्चालन भई रहेका डान्स क्लबहरुमा स परिवार बसेर र्हेन मिल्ने डान्सहरु पस्किरहेको क्लबका सञ्चालकहरु बताउँछन । समाज र राज्य पक्षले नै हेयको दृष्टिकोणले हेर्ने हुनाले डान्स क्लब त्यति फस्टाएको हामी पाउँदैनौ । तर यो अवस्था सम्म आई पुग्दा हाम्रा समाजमा डान्सक्लबलाई र्हेर्ने दृष्टिकोणमा केहि फरक भने पक्कै आएको छ । राम्रा अनि स्थापित कलाकारहरु अनि शिक्षकहरु पनि यस पेशामा संलग्न भएको हामीले पायौं ।
 show girl dance bar
लेकसाइड ,हल्लन चोकमा रहेको सो वार डान्स क्लब सम्भवत पोखराकै सबै भन्दा धेरै डान्सरहरु रहेको क्लब हो । पाँच जना सञ्चालकहरु रहेको उक्त क्लवमा पोखराकै सबै भन्दा राम्रो डान्सरहरु रहेको डान्स क्लबका पारखिहरु वताउँछन । पहिलेको तुलनामा अहिले व्यापारमा निक्कै गिरावट आएको सञ्चालकहरु वताउँछन, ब्यापार भएन भनेर काम गरिरहेको स्टाफहरुलाई निकालेर पनि नहुँने, सबैको आ आफ्नै समस्या हुन्छ, त्यस कारण महिनामा लगभग २लाख ५० हजार खर्च व्योहोरेर भए पनि पछिल्लो दिनहरुमा राम्रो हुने आशाले जसोतसो क्लब सञ्चालन गरिरहेका छौ । डान्स क्लबमा विदेशी भन्दा स्वदेशी customer हरु बढि आउने हुनाले सिजन र अफ सिजनले हामीलाई खासै फरक पर्दैन, मुख्यकुरा managenment मा भर पर्दछ, एकजना सञ्चालक बताउँछन । अर्को कुरा पोखरामा त्यस्तो खालको कुनै कुराहरु हृँदैन । क्लब भन्ने वित्तिक्कै सबै नराम्रो हुन्छ भन्नु गलत हो ग्राहकको सन्तुष्टिनै हाम्रो खुसी हो, सञ्चालकहरु बताउँछन् ।
a one kailash dance पोखाराकै सबै भन्दा पुरानो डान्स रेष्टुरेन्टमा पर्ने a one kailash dance यो अवस्था सम्म आईपुग्दा विनोद कालीदास, विक्की पुन, सुवर्ण श्रेष्ठ र टिकाराम पुनको सयुक्त लगानीमा सञ्चालन भइरहेको छ । कुनै समयमा ग्राहकको चाप थेग्न नसकेर गेट नै बन्द गर्नु पर्ने स्थिती हुन्थ्यो तर जब संकटकाल लाग्यो, त्यसपछि भने ग्राहकको चाप घटदै अहिले झन चौपट भएको छ । वामदेव गौतमले गृहमन्त्री सम्हाले पछि भने त्यो महिना पुरै घाटा व्योहोर्नु पर्यो । पहिलेको तुलनामा अहिले स्टाफ पाल्न पनि धौ-धौ परिरहेको छ । भाँडा धुने देखि लिएर सेफ अनि डान्सर सबैलाई न्युनतम तलब र १०% दिनु पर्ने हुन्छ, अहिले सञ्चालकलाई भन्दा स्टाफहरु लाई धेरै राम्रो भएको छ । ४२ जना स्टाफहरुलाइ महिनाको २ लाख १० हजार तलब दिनु पर्दछ, सञ्चालक विनोद कालीदास बताउनु हुन्छ । छ बर्षदेखि क्लब सञ्चालन गरेको अनुभव रहेको छ विनोद सँग । डान्स रेष्टुरेन्टलाई हाम्रो समाजले अहिले सम्म राम्रो नजरले र्हेदैन तर म के भन्छु भने कसैले आफ्नो कला प्रर्दशन गरेर पैसा कमाउँछ भने त्यो कसरी नराम्रो हुन्छ,। हो यहाँ एक दुइवटा त्यस्तो डान्स रेष्टुरेन्ट पनि होला तर सबै त त्यस्तो छैन नी , जहाँ सम्म मेरो ६ बर्षे अनुभव छ पोखराको सबै डान्स क्लबहरुमा परीवार सहित बसेर हेर्न मिल्ने खालको वातावरण हामीकहाँ रहेको छ।
 स्मृती गुरुङ
२१ वर्षीय स्मृती गुरुङ यो पेशामा लागेको ३ बर्षभएको वताउनु हुन्छ । सानैमा आमाको मृत्यु भए पछि बाबा दाजु र दिदिहरुसँग धादिङमा बस्दै आउनु भएका स्मृती माओवादीको जनयुद्ध कालमा र्सबसाधरणलाई जवरजस्ती लिएर जाने हुनाले गाँउ छाडेर काठमाण्डौ जानु परेको र त्यही समयदेखि नै यसै पेशामा आवद्ध हुन पुगेको बताउनु हुन्छ । काठमाण्डौ गएर ६ दिन सम्म रेष्टुरेन्टमा काम गर्दा त्यहाँको वातावरण मन नपरेपछि पोखरा आएपछि Blue Lagoon मा १ बर्ष सम्म काम गरिसकेको कुरा बताईन । सञ्चालकहरुको अविभावकियपन र साथीहरुको सहकार्य ज्यादै राम्रो छ । तलब पनि राम्रै दिनु भएको छ, तर दुःख लाग्दो कुरा स्मृती यो पेशा छोडन चाहन्छिन् के गर्नु आफु जति राम्रो भएर हिडे पनि समाजले हेर्ने दृष्टिकोण कहिल्यै राम्रो भएन उनले दुखेसो पोख्दै भनिन् । अर्को कुरा हामी यो पेशामा आफ्नो रुपरंग हुँदा सम्म मात्र हो, त्यस पछि त के गर्ने, त्यस कारण अहिले राम्रो पेशामा काम पायो भने म यो पेशा छोडन चाहन्छु । यो पेशामा पहिले रहरले अहिले करैले लागेको कुरा बताईन् । म मोर्डन डान्स गर्छु तर कहिल्यै ग्यालमरस डान्स गरिन । यहाँ एक दुइवटा त्यस्तो डान्स रेष्टुरेन्टले गर्दा सबैको बदनाम भएको छ , उनी भन्छिन् एउटा कुहिएको आलुले सबैलाई बिगार्छ । तर वास्तविकता त्यस्तो हुँदैन ।
 दिपक थापा
दिपक थापा पोखराको चर्चित हाँस्य कलाकारको नाम हो बिरलै होला दिपकलाई नचिन्ने, स्याङजा जिल्ला घर भएका दिपक कोरिया, हङकङ, सिङगापुर, वहराइन, कुवेत, मलेसिया, आवुदावी, ब्रुनाई, थाईल्याण्ड, आदि देशहरुमा पनि आफ्नो कला प्रदशन गरेर आई सक्नु भएको छ । विगत ४ बर्षे देखि ए-वान डान्समा कार्यरत दिपक, तरेली र हिमाली साँस्कृतिक समुहसँग पनि आवद्ध छ । त्यो वेला देखि अहिले सम्म हाम्रो समाजले डान्स क्लबलाई हेर्ने दृष्टिकोणमा फरक नआएकोमा उनी ज्यादै दु;खीत छ। विदेशमा जे काम गरेर आए पनि उसलाई ज्यादैमान सम्मान गर्ने, तर यहि बसेर केहि काम गर्ने लाई घृणाको नजरले र्हेने, हाम्रो समाजमा कहिले परिवर्तन आउला ! मजदुर सगठन आई सकेपछि गरेको न्युनतम तलब र १०% ले आफुहरुलाई ज्यादै राम्रो भएको खुसी व्यक्त गर्छन दिपक । ४२ जना स्टाफ छौ । सबैलाई राम्रो व्यवहार सञ्चालकहरुले गर्ने गरेकोले नै आफु ४ बर्षम्म टिक्न सकेको हो । हामी भिगे होँठ तेरे, कतरा कतरा जस्ता गितहरुमा नृत्य गर्दैनौ, र सञ्चालकहरुले पनि यस्तो गितमा डान्स गर्न कर गर्दैन । हामी अत्यन्त्यै पारिवारिक वातावरणमा हेर्न मिल्ने खालको नृत्यहरु प्रस्तुत गर्दछौ । हाँस्य कलाकार थापा वताउनु हुन्छ, पहिलेको तुलनामा अहिले डान्स क्लबलाई हेर्ने दृष्टिकोणमा केहि फरक त आएको छ तर अझै परिवर्तनको खाँचो छ ।
सुनिल गुरुङ्ग सञ्चालक club nasha
२०५९ सालमा राम गुरुङ्गले पहिलो पटक लेकसाइडमा सञ्चालन गरेको क्लब नासा पोखराको पुरानो डान्स क्लब मध्ये पर्दछ । पछिल्लो समयमा कहिले बन्द हुने, कहिले खुल्ने भई रहँदा क्लबलाई ज्यादै घाटा पुगेको थियो । तर पछिल्लो समयमा आएर लक्षमण गुरुङ्ग, राम गुरुङ्ग, कृष्ण गुरुङ्ग, गणेश लामा, गोविन्द मल्ल र सुनिल गुरुङ्गको सहभागितामा फेरि क्लब नासा खुलेको छ । श्रावण महिनावाट उक्त क्लब सञ्चालनमा आएको हो । माओवादीको नेतृत्वमा सरकार गठन भएपछि गृहमन्त्रीमा नियूक्ति पाएका वामदेव गौतमले रातको समयमा खुल्ने क्यासिनो, होटल, रेष्टुरेन्ट र डान्स क्लवहरुलाई सौतेनी व्यवहार गर्न थाले पछि यो व्यवसाय पनि तहस नहस भएको सञ्चालकहरुको गुनासो छ । पहिलेको तुलनामा व्यापारमा ५०% ले कमि आएको छ । लगभल ४० जना स्टाफहरुलाई लगभग मासिक पारिश्रमिक स्वरुप २ लाख ५० हजार र घरको भाडा ३० हजार तिरेर क्लव सञ्चालन गरि रहेका छौं। जाडो समयमा ग्राहकहरु कम आउने हुनाले पनि व्यापारमा घाटा व्योर्होनु परेको छ । तर गर्मीको समयमा ग्राहकहरु वढि आउँछन् गुरुङ्गको भनाई थियो । डान्स क्लवमा हामी स परिवार बसेर र्हेन मिल्ने खालको नृत्यहरु प्रस्तुत गर्दछौ, त्यसै कारण पनि हाम्रो क्लबमा बढि मात्रमा परिवारहरु आउने गर्दछ । लेक साइडकै पुरानो र सम्भवत ठुलो एरिया रहेको क्लव नासा, नामकै कारणले पनि अरु भन्दा केहि वढिमात्रमा चल्ने गरेको कुरा सञ्चालक गुरुङ्ग वताउछन् ।
 हिरा पुन dancer club nasha
कुनै समयमा गेष्टको रुपमा क्लब नासामा गएका हिरा र्पुजा पुन, त्यहाँको पारिवारिक वातावरण अनि गेष्टहरुलाई गरिने सत्कारवाट प्रभावित भएर अहिले त्यहि क्लबमा डान्सरको रुपमा काम गरिरहेका छन् । पुरानो घर म्याग्दी भए पनि हाल डिहीको पाटनमा दिदि भिनाजुसँग बस्ने पुन सानैमा बाबाको मृत्यु भएपछि आमा, दाजु, भाई, र वहिनिसँग वस्दै आएका छन् हिरा पहिला सोहि रेष्टुराँमा वेटरको रुपमा काम गरि सके पछि २ महिना अघि मात्र डान्सरको रुपमा काम गर्न थालेको उनले भने । हाम्रो समाजमा डान्स क्लबलाई हेर्ने दृष्टिकोण नराम्रो भएको भए पनि आफुले अहिले सम्म त्यस्तो अनुभव नगरेको र आफ्नै रहर अनि स्वईच्छाले यो पेशामा लागेको हुनाले यसै पेशावाट आफ्नो जिन्दगी चलाउन सक्ने उनले बताए । सञ्चालकहरुको अविभावकियपन, साथीहरुको मीत्रता र पारिवारिक वातावरणनै यहाँको मुख्य विशेषता हो । कसैको करकापमा परेर यो पेशामा लागेको होइन, घरको आर्थिक स्थिति पनि राम्रो हुने र आफुलाई पनि मन परेको पेशा पनि भएको हुनाले यसमा आफु ज्यादै खुसी रहेको हिरा पुर्जा पुन वताउँछन् ।
अनिल गुरुङ्ग सञ्चालक Ibiza dance club
तीन बर्ष अगाडी कुमार गुरुङ्गले सञ्चालनमा ल्याएको Ibiza dance club यति वेला अनिल गुरुङ्ग र माधव पौडेलले पाँच महिना अगाडी सञ्चालन गरेको हो । पहिले आफुले पनि त्यसरी डान्स क्लबमा नाच्नेहरु नराम्रो हुन्छ भन्ने मानसिकता लिएको थिंए जब त्यस ठाउँमा Bouncer को रुपमा काम गर्न थालें,त्यहाँको वातावरण वुझें र अहिले आफैले सञ्चालन गरेको छु । वाहिरी रुपमा जसरी हामीले डान्सर महिलाहरुलाई नराम्रो दृष्टिकोणले हेर्छौ, तर जब हामी उनीहरुको नजिक हुन्छौं, वास्तविकता बुझ्छौं, त्यो वेला हाम्रो आँखावाट आँसु थाम्न सक्दैन । २७ जना स्टफ रहेको उक्तक्लबमा उनीहरुको तलब र घरको भाडा गरेर महिना मा रु २ लाख खर्च हुने कुरा सञ्चालक गुरुङ्ग वताउछन् । सम्भवत स्टाफहरुलाई न्युनतम तलब र १०% दिन सुरु गरेको हाम्रो रेष्टुरेन्टवाटै हुन सक्दछ । पहिलेको तुलनामा व्यापारमा निक्कै कमि आएपनि स्टाफहरुलाई तलब दिन भने सकिएछ, त्यही हाम्रो सन्तुष्टि हो । डान्स रेष्टुरेन्ट आफैंमा नराम्रो होइन, एका दुइले गर्दा नराम्रो भएको छ, त्यो म मान्दछु तर पोखरामा सञ्चालनमा आएका डान्स रेष्टुरेन्टमा पारिवारिक वातावरण मा बसेर हेर्न मिल्ने डान्सहरु हुन्छ । आफ्नो कलालाई पेशा वनाउनु र त्यसवाट आफ्नो घरपरिवार पाल्नु त नराम्रो होइन नी, सञ्चालक गुरुङ्गको भनाई थियो ।
 रेणु के.सी dancer Ibiza dance club
पोखराको सुन्दर ताल फेवा ताल पारीका स्थायी बासिन्दा रेणु के.सी पाँच बर्षअगाडी Blue Lagoon मा डान्स गर्नु हुन्थ्यो । उत्त रेष्टुरेन्ट बन्द भए पछि Ibiza dance club मा डान्स गर्न थालेको दुइ बर्षभएको के.सी वताउँछन् । सानैमा बाबाको मृत्यु पछि आमा, दाई, दिदि, र वहिनिहरुको नौ जनाको परिवार आफैले धान्नु परेको दुखेसो के.सी को छ । दाईले व्यवास्था गरेर हिंडे पछि हामीले दुख पाएका छौं । बाबाको मृत्यु पछि घरको आर्थिक स्थिति कमजोर हुँदै गए पछि ५ बर्षअगाडीबाट यो पेशा सहज रुपमा अंगालेको वताउँछन् । यहाँ डान्स गर्ने साथीहरु दुख पाएरै त आएको होलानी सुख भएको भए त को नै आउँथ्यो र ! यही दुख हाम्रो सञ्चालकहरुले पनि राम्रौसँग बुझीदिनु भएको छ । वहाँहरुको सहयोग अनि स्टाफहरुको सहकार्यले नै यो क्षेत्रमा अहिले सम्म टिक्न सकेको छु । यो क्षेत्रलाई सबैले नराम्रो भन्दछ तर वास्तविकता वुझयो भने त्यस्तो हुँदैन , आफ्नो कला देखाएर तलब लिनु नराम्रो हो र !
Article and Photo : Bhupal Gurung ( Pokharacity.com) |