Home   Contacts   About Us  
               
               
               
 
 

From Pokhara
2:00 PM 
Daily Updated 

GOSSIP - Interaction

+ more

विदेशका नेपालीद्धारा सहारालाई सहयोग - नविनको उदाहरण
Category: Gossip - Interaction

Post By: Sorlag | Date: 12 Feb 2009

Coments: 21

विदेशका नेपालीद्धारा सहारालाई सहयोग - नविनको उदाहरण


विदेशमा वस्दा पनि आफनै जन्मभूमिको मायाले कति पिरोल्दो रहेछ भन्ने उदाहरण वेलायतमा बस्ने नेपालीहरुले यहाँको एउटा क्लबलाई दिएको सहयोगले प्रमाणित गरेको छ ।

एक दशकदेखि फुटबल खेलको विकासमा सक्रिय पोखराको सहारा क्लबलाई वेलायतमा बस्दै आएका नविन गुरुङ सहितका युवाहरुले २० लाख रुपैया नगद सहयोग गरीसकेका छन भने थप ३५ लाख रुपैया दिने बचन दिएका छन् । खेलकुद सामाग्री पनि मनग्गे दिएका छन् ।

सहारा क्लबका सल्लाहकार महेश गुरुङसँग १४ वर्षेखि होटल व्यवसाय र एयरलाइन्समा काम गर्दै आइरहेका नविन गुरुङको वेलायतमा पाँच वर्षअघि भेट भएपछि सहारालाई सहयोग जुटाउने अभियान सुरु भएको हो ।

वेलायतमा युके सहारा गठन गरी नगद सहयोगको अलावा फुटबल प्रेमी नविनले वेलायती र त्यहाँका नेपाली जम्मा गरेर तीन वर्षदेखि पोखरामा जारी आहा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा लाखौ खर्चैर टीम नै सहभागी गराएर सहयोगको नौलो उदाहरण पनि देखाएका छन् । कमाएर मात्र केही हुँदैन, हातका मैला हो । नविन भन्छन" समाजलाई केही दिन सके नाम रहन्छ, कमाएर मात्र के गर्नै करोडपतिलाई पनि कसैले चिन्दैन," नविन भन्छन् ।

चारवर्षअघि सहाराले गरेको फुटबल खेलप्रतिको उदाहरणीय काम देखेर ३० हजार सहयोग गरेका थिए ४५ वर्षौ नविनले । त्यसपछि आफू मात्र हैन अरुलाई पनि सहयोग गर्न उत्प्रेरित गरे । मुच्छेन्द्र गुरुङले मैदान सम्याउन पाँच लाख, विदेशी गुनारको टोलीले सात लाख, विद्यालयलाई एक लाख र नविनले चन्दा संकलन गरेर पाँच लाख सहित थप रकम बेलाबेलमा दिए । कपडा, खेल सामाग्री, रेडियो जस्ता विविध सामाग्री पनि आइरहेका छन् ।

अहिलेसम्म २० लाख दियौ,- नविन थप्छन अव यही वर्षभत्र च्यारीटी, सांस्कृति कार्यक्रम र फुटबल प्रतियोगिता गरेर ३५ लाख जति उठाउने लक्ष्य छ । उनीहरुले युके र नेपालमा कर्न्र्सटहरु, सेभेन ए साइड फुटबल प्रतियोगिता जस्ता ६ वटा च्यारीटी कार्यक्रम गर्दैछन् ।

फुटबल खेल्दाखेल्दै एक दशक अघि गठित सहारा क्बलले क्याराभान र आहा गरी आठवर्षेखि मोफसलमा ठूलो पुरस्कार राशीको अन्रताष्टिय गोल्डकप फुटबल प्रतियोगिता गरीरहेको छ । प्रतियोगितामा देशविदेशका १२ टीम सहभागी हुँदै आएका छन । चार वर्षेखि २० अनाथ बालवालिकालाई शिक्षा र आवास सहित फुटबल प्रशिक्षण दिएर सहारा एकेडेमी चलाउँदै आएको छ जसको खर्च मासिक ७० हजार छ ।

आफ्नै खेल मैदानको आवश्यकता महशुस भएकोले पोखरा दोविल्लामा ३३ लाख ५० हजारमा २६ रोपनी जग्गा किनेको छ, सहारा भिलेज बनाउन । जहाँ खेलाडीको बसोवास र खेल प्रशिक्षण हुनेछ । " प्रतियोगिता, बालवालिकालाई प्रशिक्षण र मैदानमा पूर्वाधार बनाउन लाखौ खर्च हुन्छ, नविन र उहाँको समूहले हामीले भन्दा धेरै पाइलैपिच्छे सहयोग गर्नुभएको छ," सहारा क्लबका अध्यक्ष विक्रम थकाली भन्छन् ।

प्रत्येकलाई एक लाख खर्च लाग्ने भएपनि सातौ आहा गोल्डकपमा आउँदा युके सहाराबाट आफ्नै टीम सहित २६ जना आएका थिए । विदेशम बस्नेहरु दशै तिहार चाडमा नेपाल आउने भएपनि यो टोली तीन वर्षदेखि आहा गोल्डकपलाई नै दर्श पर्व मानेर यता आउन थालेको टोलीका सहभागी लोकबहादुर गुरुङले बताए । " परिवार पनि भेटछौ, आहा गोल्डकपलाई दशै पर्व ठानेर रमाउँछौ," युके सहारा गठनमा महत्वपूर्ण योगदान दिएका सहारा क्लबका सल्लाहकार महेश गुरुङ थप्छन् ।

खेलको विकासको लागि सरकारको मात्र मुख ताक्नु हुन्न । सबैले आआफनो ठाउँबाट सहयोग गर्नुपर्छ ।

अव नेपालमै पहिलोचोटि मैदान, आवास सहितको फुटबल एकेडेमीको लागि पोखरामा जग्गा खरिद गरेको सहारा क्लबलाई पूर्वाधार निर्माणको ठूलो चुनौति पनि खडा भएको छ । " मैदान र ऐकेडेमीका लागि आवश्यक पर्ुवाधार निर्माण गरेर एकेडेमीको उदाहरण बनाउने इच्छा छ सहारालाई जसको लागि हामी सहयोगको लागि मरिमेटछौ," सहारा युकेका अध्यक्ष नविन आफनो इच्छा बताउँछन् । सूर्यचन्द्र बस्नेत

« Back | Top


Post by: NETRA RAJ SAPKOTYA @ 03 Apr 2009 10:11 pm
smile THANKS NABIN DADA SABAI NEPALI LE YESTAI GARAA BHANE TA NEPAL VISHOW MA NUMBER 1 DEVELOP COUNTRY BANNA NASAKLLA TA?????????
Post by: jeson @ 16 Mar 2009 09:24 pm
thanks n great job.
Post by: LILA NATH LAMICHHANE @ 12 Mar 2009 02:39 pm
thanks NABIN dai laiaagami din ma aajha bidhi sahayog ko lagi shubhakamana smile
Post by: LILA NATH LAMICHHANE @ 12 Mar 2009 02:31 pm
smile first of all thanks Mr NABIN dai lai sahara club lai yeti dherai maya gareko ma aagami dinma yo sayog ko bhabana badhdai jane kura ma 2 mat 6aina bhanna chahan6u ok .
Post by: Bhaktamani Rakhal Magar @ 10 Mar 2009 07:00 am
smileHey Mr.Nabin broda.......Thx a lot for your HELPING TO (SAHARA CLUB). this is a great job coz we want to Nepal also participated fifa.Try to do hard & impossible work everything is possible in the world. we want all of u Nepalese to donation SAHARA CLUB who ever good salary OVERSEAS COUNTRY. Thx for your eco ........donation.
Bhaktamani Rakhal , Itahari-5 Nepal.
Post by: dhan gurung @ 07 Mar 2009 01:00 pm
congrats to every body,
spclly to Navin Gurung.No matter wherever u r,if u got the heart for ur country,u can contribute a lot.just go for it.lets join our hands together for our nation.
dhan gurung
Post by: krishna @ 26 Feb 2009 12:52 pm
thanks brother smile
Post by: naresh gurung"kolmeli" @ 24 Feb 2009 02:21 pm
smilereally m soo happr to know that there is still the living god who iz doina such a great respected job.tesmathi pani gurung ko nam mathi rakhnubhayeko ma dherai khusi lagyo.wis u all the best in comming future
Post by: shyammani @ 19 Feb 2009 02:28 pm
laughing
Post by: kesh pun @ 18 Feb 2009 10:07 pm
Nabin dai
Welldone Navin! We are all proud of you!
congratulation for devloping the sport's.
Post by: kesh pun @ 18 Feb 2009 10:09 pm
Nabin dai

Welldone Navin! We are all proud of you!
congratulation for devloping the sport's.
Post by: Rabindra Grg @ 18 Feb 2009 05:44 am
smile two thums up to Nabin dai.

I wish the country always gives such a great person to us then bloody shelfish politicians and rich people. Nasodha Deshle ke diyo Sodh deshlai ke diye.
Post by: netra subedi @ 17 Feb 2009 06:52 pm
thanks for sahara club in stay in our pokhara city .
Post by: R C Subedi @ 17 Feb 2009 10:55 am
smile
Thanx for ur affort brother,..........
Post by: buddhitu @ 16 Feb 2009 02:46 am
smile
thankx Nabin dai
u r a real model in our society and for our country
teaching how to lead a life and to survive in life
your contribution in our society by giving oppertunities to the young generation or a talented individual who really deserved this oppertunity is remarkable
good luck and keep it up
buddhitu
uk
Post by: sujan @ 14 Feb 2009 11:09 pm
its cool. i wanna see sahara club playing division A soccer so that the league wille be awsome for everyone and good for the investors in sahara too. likewise the academy is doing a great job. thanks.
Post by: sujan @ 14 Feb 2009 11:08 pm
its cool. i wanna see sahara club playing division A soccer so that the league wille be awsome for everyone and good for the investors in sahara too. likewise the academy is doing a great job. thanks.
Post by: Pratap (UK) @ 14 Feb 2009 09:26 pm
Nabin Ji,
U R doing great job so far keep it up. Even I come from your neighbouring district,Syangja I am ready to help you on any event as I can to promote soccer in your local place.
Post by: Jit Gurung @ 14 Feb 2009 12:16 pm
Welldone Navin! We are all proud of you!

Keep up the good work!

Jit Gurung
East Timor
Post by: Ramesh Gurung @ 13 Feb 2009 06:09 pm
i appreciate who has done this great job. as i am . also from Pokhara, i know about Sahara Club. I am so happy to read rhis article. Thanks to Nabin Dai
I will also looking forward to do something for my pokhara and sahara club on future.
Ramesh Gurung
Post by: arjun kumar rai @ 12 Feb 2009 06:43 pm
smile congratulation for devloping the sport's.
Name:
Email:
Smile: smile wink wassat tongue laughing sad angry crying 
Your Review:
Enter the code shown in the image:
| Forget Me

   

+ federalism and institutionalization of republic is NC's Main Agenda (30 Aug 2010)

+ Music is life - DJ Pappu (04 Jul 2010)

+ सन्दर्भ १९ औं विश्वकप फूटबल प्रतियोगिता (06 Jun 2010)

+ Branch Manager of Shangri-la Bank (03 Mar 2010)

+ जलवायु परिवर्तन, कोपनहेगन र चोट पाउने भ्यागूताहरु (08 Jan 2010)

+ पोखरामा हातमा मेहेन्दी लगाउनेको होड (18 Jul 2009)

+ Deepak Rayamajhi, Director (26 May 2009)

+ मनोरञ्जनको अर्को नाम डान्स क्लब (20 Mar 2009)

+ विदेशका नेपालीद्धारा सहारालाई सहयोग - नविनको उदाहरण (12 Feb 2009)

+ निशानामा प्रेस- शिव शर्मा चञ्चल (25 Jan 2009)

 
 

Shooting Report

Our Clients, Pokharacity.com

People & Culture

more

Manju Gurung, Pariksha Gurung

Featured Model

more

Preeti Poudel

Upcoming Events

Nepal Festival 2010, Melbourne
Nepal Festival 2010
Kid Prince & Princess 2010, Pokhara
Kid Prince & Princess 2010

Past Events

more

 

Miss Nepal 2010
View Pic

 

Nepali Mela 2010, UK
View Pic

 

Gaeso Get Together 2010
View Pic

 

Sano Babu and Sano Pari 2010
View Pic

 

Photo Exhibition 2067
View Pic