Home   Contacts   About Us  
               
               
               
 
 

From Pokhara
2:00 PM 
Daily Updated 

GOSSIP - Interaction

+ more

निशानामा प्रेस- शिव शर्मा चञ्चल
Category: Gossip - Interaction

Post By: ravi | Date: 25 Jan 2009

Coments: 8

HTML clipboard

निशानामा प्रेस- शिव शर्मा चञ्चल


घरमै खाना पकाइरहेकै अवस्थामा महिला संचारकर्मि उमा सिंहलाई एक जत्थाले आततायी तवरले हत्या गर्‍यो । त्यो नृशंश हत्याको जतिनै विरोध गरेपनि थोरै हुन्छ । जनकपुरको रेडियो टुडेमा कार्यरत एउटा हनोहार मोफसलकी महिला पत्रकारको हत्याले यतिबेला प्रेसजंगत शोकाकुल मात्र हैन आन्दोलित बनेको छ । मदेश मुलकी ति पत्रकार सिंह मोफसलबाट भर्खर उदाउदो क्रममा थिइन । तर आततायी जथ्थाले कुर तवरले उनको हत्या गरेको छ । यसरी हत्या हुने उनि पहिलो महिला पत्रकार बनेकी छिन् । पत्रकारीता बढेको महिलाको आकर्षालाई यो घटनाले अरु महिला सहकर्मिहरुलाई केही हतोत्साहित बनाउने काम गरेको छ । अहिले सम्म उमा सिंह का हत्याराहरुको खोजी हुन सकेको छैन । कार्वाही त टाढाको कुरा हो । त्यस्तै धनुषा कै महिला पत्रकार मनिका झा माथि पनि धम्की आएको छ । अहिले उनलाई धम्कीकै कारण पेशाबाटै विस्थापित हुनु पर्ने अवस्था सृजना गराएको छ । कतिपय त असुरक्षाकै कारण पेशाबाट बिस्थापित भइसकेका छन् । विशेष गरी तर्राई क्षेत्रमा दिनप्रतिदिन जन्मेका संशस्त्र समुहहरु र अन्य अपराधिक समुहरुले पनि पत्रकारलाई निशाना बनाइरहेका छन् । पछिल्लो क्रममा तर्राई क्षेत्रमा पत्रकारको लागि जोखिमको क्षेत्र बनेको छ । त्यस्तै राजधानी बाहिर मोफसलमा बस्ने पत्रकारहरु नै अपराधिक समुहहरुबाट प्रताडित बनेको अवस्था छ । हरेक दृष्टिकोणबाट मोफसलमा काम गर्ने पत्रकारहरु असुरक्षीत बनेका छन् । समाचार कै निहुँमा पत्रकार माथि धम्की आउने गर्छ । आफनो पक्षमा समाचार नलेखेमा फोन मार्फ नै धम्काउने गिरोहरुको हावी भइरहेको छ ।

सरकार कार्वाही गछौ भन्छ अनि चुपचाप बस्छ । यस बाराका पत्रकार वीरेन्द्र शाहलाई माओवादी कार्याकर्ताल हत्या गरे । उनका हत्याहरुको पहिचान पनि भयो । सरकारले अपराधीलाई जस्तोसुकै कार्वाही पनि गर्न तयार छौ भन्यो तर उनिहरु माथि अहिले सम्म कार्वाही भएको छैन । यसरी हत्याहरुलाई नै संरक्षण दिदै जाने हो भने प्रेसको अवस्था कस्तो डरलाग्दो होला सहजै अनुमान लगाउन सकिन्छ । प्रेस स्वतन्त्रता प्रति सरकार अलिकति पनि गंभीर नभएको अवस्था छ । उनलाई सहिद घोषणा गदैमा उनको आत्माले शान्ति पाउदैन । जब सम्म उनका हत्याहरु जसले उनलाई पाशविक तवरले हत्या गरे तिनीहरुलाई कानुनको कठघरा सम्म उभ्याउन सक्नु पर्छ । तर त्यो हुन सकेको छैन । नेपाल पत्रकार महासंघले पनि हत्यारालाई कार्वाही नगरे सम्म पत्रकारहरुको आन्दोलन जारी रहने जनाएको छ । जनतलाई लेखेर सही सुचना दिने पत्रकार अहिले आन्दोलनमा उर्तिएका छन् । पत्रकारको काम आन्दोलनमा उर्तने त हैन । तर आन्दोलनमा उर्तन बाध्य पारिएको छ । एक पछि अर्को गदै पत्रकार माथि भइरहेको हमला प्रेस जगतलाई सही कदापी छैन । आफनो पेशा र बाच्न पाउने अधिकारका लागि अव पत्रकारहरु यसरी नै उठनु जरुरी भएको छ ।

एउटा उमा सिंह संगै हजारौ उमाहरु जन्मन सक्छन् भन्ने कुरा हत्याहरुले बुझनु पर्छ । आफनो पक्षमा समाचार नलेखेकै आधारमा पत्रकारको हत्या हुनु ज्यादै नै दुखद कुरा हो । पत्रकारले जे देख्यो त्यही नै लेख्छ । समाजलाई सही सुचना प्रवाह गर्ने पत्रकार माथि श्रृखलाबद्ध रुपमा भइरहेको आक्रमण प्रति राज्य पक्ष गंभीर बन्न सकेकेा छैन । पत्रकार असुरक्षीत भइरहेको अवस्था अहिले छ । प्रेस स्वतन्त्रताको कुनै ग्यारेण्टी छैन । सरकार मुलुकमा छ छैन कसैलाई पत्तो छैन । सरकारको काम कार्वाही केही हुन सकेको देखिदैन ।

मुलुकमा लोकतन्त्रको उदय पश्चात प्रेस जंगत माथि एकोहोरो रुपमा हत्या आक्रमण र धम्कीका श्रृखलाहरु बढन पुगे । अहिलेको जस्तो डरलाग्दो अवस्था प्रेसले सायदै झेलेकेा थिएन । अहिले सम्म समाचार लेखेकै कारण दुइ दर्जन भन्दा बढी पत्रकाहरुको ज्यान गइसकेको छ । कलम संग डराउने तानाशाहहरुले पत्रकारलाई निशाना बनाइरहेका छन् । पत्रकारको पेशा नै असुरक्षीत बनिरहेको अवस्था अहिले देखिन्छ । राज्य लाचार बनिरहेको छ । प्रेस स्वतन्त्रताको ग्यारेण्टीको नारा नारामा मात्र सिमित रहेको छ । अहिलेको सरकार निकम्मा जस्तै बनेको छ । पत्रकार मात्रै हैन दिनहु र्सवसाधारणको पनि अपहरण र हत्या भइहरेको छ । तर शान्तिसुरक्षा दिन सकेको छैन । दोस्रो जनआन्दोलन सफल पार्न प्रेस जगतले खेलेको भुमिकालाई समेत बिर्सेर अहिले त्यही प्रेसको घाटी निमोठ्ने काम भएको छ । प्रेसलाई दबाएर आफनो स्वार्थ परिपूर्ति गर्नेहरुले चुरीफुरी गरिरहेका छन् । सरकार प्रेसको सुरक्षा प्रति सचेत नभएकै कारण अपराधिक तत्वहरु पत्रकारलाई निशाना बनाइरहेका छन् । यतिबेला पत्रकार महासंघले आफनो पहिलो चरणको कार्यक्रम सकेर दोस्रो चरणको कार्यक्रमलाई देशव्यापी रुपमा अघि बढाइरहेको छ । पत्रकारको सुरक्षाको ग्यारेण्टी नभए सम्म र उमा सिंहको हत्यारालाई कार्वाही नगरे सम्म आफनो आन्दोलनको कार्यकमलाई स्थगन नगर्ने महासंघले जनाएको छ । तर सरकार कान नसुन्ने कानो बनेको छ । त्रास र धम्की दिदैमा पत्रकारको कलम रोकिन्छ भनेर प्रेस विरोधी तत्वहरुले नसोचे पनि हुन्छ । कलमको हार भएको विश्वमा कुनै इतिहास छैन । समाजलाई सही सुचना प्रवाह गर्न पत्रकारहरु ज्यानको बाजी लगाएर पनि अघि बढने छन् भन्ने कुरा प्रेसलाई तारो बनाउनेहरुले बुझनु जरुरी छ ।



 

Article By  : Shiva Sharma ( Chanchal )


« Back | Top


Post by: sujan banstola @ 12 Feb 2009 02:11 am
:laughing

Ohh Shiva ji it;s a really nice article
thank you so much for writing this article.:
Post by: shanker @ 10 Feb 2009 04:12 am
k garne desh bahaune ko taal nai yesto cha ta?
Hamra mahan actor(neeta) haru aafnai monkey act ma busy chan. k garne jaslai nai politics lagdo rahecha, katai tyahai politics le yo desh nai nakhawos? jungle bata aayeka ko ajai jungali nai babhar cha aba purana bata ta aasa bhannu tyastai thiyo. nobody cqn do nothing here, even the king too, sorry past king.
Post by: MAYA @ 09 Feb 2009 02:47 am
We talked lots of words really we are press ... really we are job holder in press ...? who told me he /her in press , we wept .. we are only trought we are free in press but dear friend i know who is free in Nepal mainly in press... in this time.................................................... ? friend any told me he is free every one place to write ,, to told ... wtc... plz write somtething here.....
Post by: bharat @ 06 Feb 2009 09:16 pm
ohoni kya cute maichang photoni malai ta merai society nanuko yad aayo.. thakns 2 u bro s........
Post by: krishna grg @ 30 Jan 2009 09:38 pm
desh ma anischit vabisya niraspurna janajiwan,kuhiro ko kag jhai anyol ma rumali raheko desha ko rajniti ko tito yathartha sangai yesta sensitive dukhad khabar le ma lagayet sunnu hune junsukai manis ko man ma ak kisim ko bedana le polchha.desko ak honhar sanchar karmi ko nirmama hatya ko khabar le. im so sad ,getting this sad message,loktantra ko udaya yesta narsanhar bata hunchha bhane desh ma sukha santi,bikash,mel ra sadvab ko gham jhulkela ra ???????
Post by: Durga Sing @ 27 Jan 2009 02:35 pm
Thank you for the Articles Shiva Ji. Tapai ko Article haru malai sarai ramro lagcha....
Post by: shambhu @ 26 Jan 2009 10:26 pm
wow shiva dai it's a really nice aricle.....
Post by: shovit Rai @ 26 Jan 2009 09:26 pm
asdfg
Name:
Email:
Smile: smile wink wassat tongue laughing sad angry crying 
Your Review:
Enter the code shown in the image:
| Forget Me

   

+ federalism and institutionalization of republic is NC's Main Agenda (30 Aug 2010)

+ Music is life - DJ Pappu (04 Jul 2010)

+ सन्दर्भ १९ औं विश्वकप फूटबल प्रतियोगिता (06 Jun 2010)

+ Branch Manager of Shangri-la Bank (03 Mar 2010)

+ जलवायु परिवर्तन, कोपनहेगन र चोट पाउने भ्यागूताहरु (08 Jan 2010)

+ पोखरामा हातमा मेहेन्दी लगाउनेको होड (18 Jul 2009)

+ Deepak Rayamajhi, Director (26 May 2009)

+ मनोरञ्जनको अर्को नाम डान्स क्लब (20 Mar 2009)

+ विदेशका नेपालीद्धारा सहारालाई सहयोग - नविनको उदाहरण (12 Feb 2009)

+ निशानामा प्रेस- शिव शर्मा चञ्चल (25 Jan 2009)

 
 

Shooting Report

Our Clients, Pokharacity.com

People & Culture

more

Manju Gurung, Pariksha Gurung

Featured Model

more

Preeti Poudel

Upcoming Events

Nepal Festival 2010, Melbourne
Nepal Festival 2010
Kid Prince & Princess 2010, Pokhara
Kid Prince & Princess 2010

Past Events

more

 

Miss Nepal 2010
View Pic

 

Nepali Mela 2010, UK
View Pic

 

Gaeso Get Together 2010
View Pic

 

Sano Babu and Sano Pari 2010
View Pic

 

Photo Exhibition 2067
View Pic