आजको भूकम्पले गोरखामा उद्दारका लागि गएका २५ जना पुरिए

2

गोरखाको लाप्राकमा भूकम्प जादा उद्दारमा खटिएका २५ जना पुरिएका छन् । जसमा ४ जनाको शव निकालिएको छ ।
२१ जना उद्धारकर्ता अझै सम्पर्कमा नआएको गोरखा प्रहरीले जनाएको छ ।

उनीहरु गत शनिवारको भूकम्पपछि उद्दारका लागि गोरखा गएका थिए । गोरखा गएको यो उद्दार टोली कुन ठाउँबाट आएको हो भन्ने बारेमा केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आज विहान ११ बजेर ३० मिनेटमा लमजुङ र गोरखाको सिमाना बारपाकलाई केन्द्र बनाएर ५.० रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments