sipora-banner

रेम बिक

हुन त उनको पृष्ठभुमी खेलकुद हो । महिला भलिबलमा नेपालको तर्फबाट अन्तराष्ट्रियस्तरसम्म चर्चा कमाईसकेकी पोखराकी सिपोरा गुरुङ फिल्ममा नायिका समेत बनिसकेकी छन् । गुरुङ सँस्कृतिमा आधारित रहेर पोखरामा निर्माण भएको एउटा फिल्ममा उनले मुख्य भुमिकामा अभिनय समेत गरिसकेकी छन् । तर रंगीन दुनियामा उनको यात्रा यतिमा मात्र सिमित भएन, अहिले उनी मिस नेपालको लागी दोस्रो चरणमा छनौट भैसकेकी छन् ।
Sipora Miss Nepal
देशभरका ४७ जना युवतीहरुमध्ये दोस्रो चरणमा मिस नेपाल २०६९ का लागी सिपोरा गुरुङ सहित १६ जना छनौटमा परेका छन् । सबैभन्दा कम उमेरमा भलिबलको माध्यमबाट अन्तराष्ट्रियस्तरको पदक समेत जितिसकेकी यी पोखराका सुन्दरीले २०६७ सालमा पल्सर वर्ष खेलाडीको उपाधी समेत जितिसकेकी छन् । आकर्षक जिउडाल र सुन्दर अनुहार भएकी सिपोराले मिस नेपालको यो सँस्करणमा कस्तो प्रस्तुती दिनेछिन् त्यो भने आगामी दिनले बताउने नै छ ।

सिपोरा गुरुङ खासमा नेपाल सेनामा रहेर देशको सेवा गर्न चाहन्छिन् । त्यसैले हाल उनी नेपाली सेनाको सहसेनानी पदको लागी परिक्षाको तयारीमा जुटिरहेकी छन् । सिपोरालाई नजिकबाट जान्ने फोटो पत्रकार सुदर्शन रञ्जित भन्छन्–‘खेलकुद सिपोराको प्यासन हो र खेलकुदसंगै नेपाली सेनाको जागिर उनको लक्ष्य हो ।’ मिस नेपाल २०६९ मा समेत पोखरेली यी चेलीले आफ्नो उपस्थिती दमदार रुपमा प्रस्तुत गर्नेमा रञ्जित ढुक्क देखिए । साथै सिपोराको यो सफलताको यात्रामा पोखरेलीहरुको साथ पनि उत्तिकै आवश्यक भएको उनले बताए ।
Sipora miss nepal
पोखराको राष्ट्रबैंक चोकस्थित आफ्नै परिवारको साथमा बस्दै आएकी सिपोराले उच्च माध्यामिक तहको शिक्षा पुरा गरिसकेकी छन् । हाल उनी जनप्रिय वहुमुखी क्याम्पसमा विश्वविद्यालयस्तरिय अध्ययन गरिरहेकी छन् । नेपालका विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा पनि दर्शकदिर्घामा सिपोखराको खेल कौशलको निकै तारिफ हुँदै आएको छ ।

सिपोराले अभिनय गरेको फिल्मको नाम घलेक हो । जुन फिल्म प्रदर्शनको सँघारमा छ । भकारी फिल्मस्को ब्यानरमा निर्मित फिल्म अब चाँडै नै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । गुरुङ सँस्कृतिमा आधारित रहेर पोखरामा निर्माण भएको फिल्म ‘घलेक द साईन’मा सिपोरा बर्मेली युवतीको भुमिकामा देखिएकी छन् । दोश्रो विश्व युद्धमा ब्रिटिश सरकारको तर्फबाट बर्मा अर्थात म्यानमारमा लडेर बर्मामै बसेका नेपालीहरुको कथा फिल्ममा समावेश गरिएको छ । बर्मामा बसेका नेपाली र नेपालमै रहेका नेपालीहरुबीचको सम्बन्धको बारेमा फिल्म बनेको यस फिल्मको निर्माणपक्षले जनाएको छ । सोहि अनुसार चलचित्रमा सिपोरा गुरुङ्गले बर्मेली कलाकारको भुमिका निर्बाह गरेकी हुन् ।

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Ram Gurung on at and is filed under Blog. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

One Response to “खेलकुद, फिल्म हुँदै मिस नेपालको यात्रामा

Leave a Reply

Mail (will not be published)


four − = 2