drug-banner

मैले नार्कोनन्मा उपचारमा ल्याइएका एक विद्यार्थीका मुमालाई देखें जो आफ्नो छोरा लागु औषधको दुर्व्यसनमा नराम्रोसंग फसिसकेको छ भन्ने कुरा विश्वासै गर्न नै तयार हुनुहुन्थेन । वहाँको सँधै भनाई हुन्थ्यो मेरो छोरा अरु जस्तो होइन । बार बार विभिन्न कोणबाट सम्झाउँदा पनि वहाँ आफ्नो छोरो दुर्व्यसनी भएको मान्न तयारनै हुनुहुन्थेन । कुनै दिन छोराले चोर्ने, तोडफोड गर्ने गरेर दुःख दिँदा भने वहाँ छोरालाई उपचार केन्द्रमा राखीदिन अनुरोध गर्नुहुन्थ्यो । तर केहि दिनमै फेरी अब छोरा राम्रो भयो त्यसैले कलेज पठाउँछु भनि डिस्चार्ज पनि गर्राई हाल्नुहुन्थ्यो । त्यो बच्चा पर्ढाईको नाममा बाहिर जाने वित्तिकै पुन ड्रग्समा फस्न पुग्थ्यो । फेरी समस्या परेपछि ती आमा हामी कहाँ आउनुहुन्थ्यो । आजीत भएर हामीहरुले पनि त्यो बच्चालाई भर्ना गर्नै छोडिदियौं । त्यसपछि हामीले थाहापायौं की त्यो केटोले लागु औषधको बेचबिखन पनि गर्न थालेछ । यो कुरा थाहा पाएपछि त्यसको जानकारी हामीले आमालाई गराउँदा वहाँले पुन स्विकार गर्नुभएन । हेर्दा हेर्दै त्यो केटो प्रहरी कारवाहीमा परि जेलमा पर्न पुगे । त्यस्तै अर्की आमा थिइन् जो छोरालाई नार्कोनन् उपचार केन्द्रमा सँधै भेट्न आउने गर्दथिन् । आमाको मायाको कमजोडीको फाईदा उठार्ई त्यो केटो दबाब दिएर नार्कोनन्बाट डिस्चार्ज गरी घर जान सफल भयो । डिस्चार्ज भएको केही समय पछि उसलाई आमाले स्विजरलैण्डमा होटल मैनेजमेन्ट पढ्न पठार्ईन जहाँ त्यो केटाको ओभरडोज भएर मृत्यु भयो । मैले आफ्नै आँखाले देखेका यस्ता कैयौं घट्नाहरु छन्, कथाहरु छन् जहाँ आमा बाबुले मेरो छोरा वा छोरी दुर्व्यसनमा परेका छैनन् भनि जिद्दी गर्नाले छोरा छोरी मृत्युबरण गर्न बाध्य भएका छन् ।
02
सामान्यतया के देखिन्छ भने ड्रग्सको समस्या विगत १५ वर्षदेखि अलि धेरै मात्रामा आएको हो । त्यसभन्दा पहिले यो समस्या यस परिणाममा थिएन । जब कुनै घरका छोरा छोरीले ड्रग्स लिन थाल्दछन् तब त्यस व्यक्तिको स्वास्थ, पर्ढाई र व्यवहारमा आएको परिवर्तन र गिरावट त आमाबाबुले देख्छन् तर ड्रग्सलेनै यो समस्या ल्याएको हो भन्ने चाँही थाहा पाउन सक्तैनन् । यहिँबाट आमा बाबुबाट गल्ती हुन थाल्छ । त्यस्तो समयमा पर्ई, व्यवसाय, काम रोक्नु पर्छ, सवारी साधन चलाउन रोक्नु पर्छ, मोबाइल फोन प्रयोग गर्न रोक्नु पर्छ, पैसा बोक्न दिन रोक्नु पर्छ तर नजानेर आमा बाबुले झनै तिनै चिज प्राप्त गर्न मद्दत गरी दिई रहेका हुन्छन् । जब ड्रग्स लिएको देख्छन्, सुन्छन् वा शंखा गर्छन त्यस अवस्थामा पुगुञ्जेल ती छोरा छोरीले झण्डै डेढ वर्षलागु औषध लिई सकेका हुन सक्छन् ।
03
शंखा हुनेवित्तिकै उपचार केन्द्रमा आमाबाबु गएर सल्लाह गरेको भए राम्रो हुन्थ्यो तर धेरै आमा बाबुले यो कुरा लुकाउन थाल्दछन् र झन् झन् गल्ती गर्दै छोरा छोरीलाई समस्यामा पार्दछन् । अनेकौं प्रयास गर्दा पनि छोरा छोरीले लागु औषध छा्ड्न नसकेको देख्दा देख्दै पनि, उनीहरु क्षति, आँसु, पिडा, रोग बोक्दै अझै त्यो कुरा घर भित्रै लुकाउँदै जान्छन् । यसो गर्दा त्यो केटो लिभरको रोग, अल्सरको रोग, टि.वि., ड्रि्रेस्न जस्ता रोगको पनि शिकार हुन पुग्छ । सके कडा दुर्घट्नामा परि अङ्ग भङ्गमा पनि पर्न सक्छ वा यहि विच मर्न पनि सक्छ ।

जब हरेक दिन पैसाको आवश्यक परी त्यो केटोले घरमा चोर्ने, तोडफोड गर्ने र आमा बाबुलाई धम्काउने गर्न थाल्दछ त्यसपछि आत्तिदै आमा बाबुले उपचारकेन्द्र खोज्न सक्छन् तर कोही कोही आमाहरु यस्तो अवस्थामा पुग्दा पनि मेरो छोरा अरु जस्तो होइन भन्दै उल्टै सत्य कुरा सुनाउनेहरुलाई नै दुश्मन देख्ने गर्दछन् । यस्ता आमाहरुले खुबै दुःख व्यहोर्न बाध्य हुनुपर्छ ।

त्यसैले म सम्पूर्ण अभिभावकहरु जसका छोरा छोरी कक्षा ६ देखि १०±२ सम्म पढ्छन् तिनीहरु दुब्लाउँदै गएका छन्, पर्ढाईमा कम नम्बर ल्याउने वा फेल हुने वा गएल पर्ने गरी रहेका छन्, व्यवहार र चरित्रमा परिवर्तन छ, परीवारसंग बोल्न घुलमिल गर्न कमी आई रहेको छ र रातमा नसुत्ने विहान अवेर सम्म सुतिरहने गरी रहेका छन् भने ड्रग्स लिएको शंखा गरी विशेषज्ञसंग परामर्श लिन ढिला गर्नु हुँदैन भनि सल्लाह दिन चहान्छु । पिसाब परिक्षण गरी यो कुरा १५ सेकेण्डमै थाहा पाउन सकिन्छ ।

जब ड्रग्स लिएको देखिन्छ, भेटिन्छ वा पिसाब परिक्षणबाट प्रमाणित हुन्छ वा त्यस केटा वा केटीमा शारीरिक, चारीत्रिक र अध्ययन वा व्यवसायमा आएको परिवर्तन र गिरावटबाट प्रमाणित हुन्छ तब त्यस व्यक्तिले जे भने पनि आमा बाबुले आफ्ना छोरा छोरी दुर्व्यसनी भैसकेको छ भनेर नै मान्नु पर्दछ । फेल हुने, दुब्लाउने, चरीत्रमा परिवर्तन आउने स्थिति एक दुर्इ पटक ड्रग्स लिदैमा आउँदैन । यो स्थितिमा व्यक्ति आई पुग्दा त्यस व्यक्तिले थुप्रै ड्रग्स लिई सकेको हुन्छ ।

यो कुरा धेरै आमाहरुले बुझ्दैनन र मेरो छोरा वा छोरीले गाँजा मात्र लिएको हो ब्राउनसुगर त खाएको छैन, वा ब्राउनसुगर मात्र खाएको हो तर सुर्इ लिएको छैन वा कहिले काहीँमात्र खाने केटा हो दुर्व्यसनी भै सकेको छैन भन्ने विश्वास राख्दै छोरा छोरीलाई बचाउ गर्दछन् वा त्यो समस्या घरभित्रनै दबाउँछन् । यहि गल्तीले त्यो घरको विनास हुन पुग्छ र त्यो दुर्व्यसनमा परेको छोरा छोरीको मृत्यु हुन पुग्छ । आमाबाबुहरुपनि रोगी हुन पुग्छन् ।

त्यसैले मेरो यहि अनुरोध छ की जब व्यक्ति दुब्लाउँछ, आफ्ना व्यवसायमा असफल हुन थाल्छ, चरीत्रमा परिवर्तन हुन्छ, निन्द्रामा समस्या आउँछ तब लागु औषध लिएको शंखा गर्नुहोस् र लागु औषध लिएको कुरा प्रमाणित भएमा त्यस व्यक्तिलाई अरु जस्तो विग्रिएको होइन भन्दै ढाकछोप गर्ने काम विल्कुलै नगर्नुहोस् । लागु औषध लिने भनेकै विग्रिएको वा विग्रिने बाटो तिर लागेको प्रमाण हो । जसरी चोर अति विग्रिएको र कम विग्रिएको हुन सक्तैन त्यसै गरी लागु औषध लिनेहरु पनि धेरै विग्रिएको र कम विग्रिएको हुन सक्तैनन् । दुब्लाउँदै गएको छ, पर्ढाई व्यवसायमा असफल भै रहेछ, निन्द्रामा समस्या छ र मौलिक चरित्रमा फरकपन आईरहेको छ भने विश्वास गरीहाल्नुहोस् तपाईका छोरा छोरी ड्रग्सको गम्भिर समस्यामा परि सकेका छन् । त्यस्ता छोरा छोरीको ढाकछोप गर्दै “मेरो छोरा वा छोरी अरु जस्तो होइन भन्दै” गल्ती गर्ने काम नगर्नु होस् । नत्र तपाईले लुकाएकै कराण त्यस व्यक्तिको कलिलै उमेरमा ज्यान जानेछ । लागुऔषध लिन्छ भन्ने प्रमाणित भएपछि त्यो व्यक्ति दुर्व्यसनको गम्भिर समस्यामा परिसकेको छ भनेर नै विश्वास गर्दा राम्रो हुन्छ । मेरो छोरा अरु जस्तो होइन भन्ने भ्रम पालेर नबस्नुहोस् किनकी तपाईले लागु औषधमा विग्रिएका भनेको कसलाई भन्ने भन्नेकुरा अध्ययन गर्नु भएको छैन । यो विशेषज्ञहरुको काम हो । आमाबाबुले विशेषज्ञ बन्ने काम गर्नु हुँदैन । “मेरो छोरा दुर्व्यसनी होइन” भन्दै नढाँट्नुहोस्।

04
लेखक : वसन्तराज कुँवर

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Ram Gurung on at and is filed under Blog. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

2 Responses to “मेरो छोरा दुर्व्यसनी होइन” भन्दै नढाँट्नुहोस्

Leave a Reply

Mail (will not be published)


× 9 = twenty seven