eccident

पाल्पामा जन्तीबस दुर्घटना, १५ जनाको मृत्यु
२१ फागुन, पाल्पा । पाल्पामा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । पाल्पाको चिदिपानी गाबिसको बुढीकोटबाट खानीछाप गाबिसको आमडाडाका लागि जन्ती लिएर बेहुलाको घर र्फकदै गरेको लु १ ख २७९५ नम्बरको बस राती नौ बजेको समयमा आर्य भञ्याङग राम्दी सडक खण्डको चिदिपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी १२ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बस चालक हुमिन पाल्पाका २५ बषिर्य मिलन बिक, बेहुलागाउ बुढीकोटका ५५ बषिर्य बेदबहादुर बिरकट्टा, बर्ष २५ की कमला जर्घा, बर्ष २८ का लोकबहादुर सारु, बर्ष १६ की नबिना सुर्यबंशी , बर्ष १७ की केष कुमारी बिरकट्टा , २५बषिर्य योगेन्द्र चर्ती र २५ वषिर्यनै केशरी सारुको ज्यान गएको छ ।

त्यस्तै ४५ वषिर्य बिष्णु बहादुर चर्ती , बर्ष १८ का नबिन सुर्यबंशी , बर्ष ३० की लुलिसरा सारु र बर्ष २६ का रमेश बिक को घटनास्थलमै ज्यान गएको हो । त्यस्तै उपचारको क्रममा लुम्निनि मेडिकल कलेजमा चिदिपानी ७ का २१ बषिर्य सुरज न्यौपाने, ५६ बषिर्य अम्मर बहादुर दर्घा र बर्ष २५ की रमा सारुको ज्यान गएको हो ।

बेहुला बेहुली सहित घाईते ९ जनाको मिसन अस्पताल तानसेन र १७ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाईते सबैको अबस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।

…………………………………………………………………….
मृत्यु हुने सबै दुलाहाको गाउँको
जिल्ला सदरमुकाम तानसेनदेखि झन्डै २२ किलो मिटर टाढा भएको उक्त दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीनजनाको प्रभासस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेमध्ये १६ जनाको प्रभास मेडिकल कलेजमा र ९ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। दुर्घटनामा मर्नेमा सबै दुलाहाको गाउँ चिदीपानी-७ का हुन्।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेहरु
चिदीपानी-७ का १७ वर्षीय केशवकुमार बिरकट्टा,
२५ वर्षीय योगेन्द्र चति,
२५ वर्षीया केशरी पुन,
२५ वर्षीय विष्णुबहादुर चति,
१८ वर्षीय नविन सूर्यवंशी,
३० वर्षीया लुलिसरा सारु,
२६ वर्षीय रमेश विक,
६० वर्षीय वेदबहादुर बिरकट्टा,
७ वर्षीय कमल जर्घा,
२८ वर्षीय लोकबहादुर सारु,
१६ वर्षीया नविना सूर्यवंशी
पाल्पा हुमिनका ३० वर्षीय मिलन विक (चालक)

उपचारका क्रममा मृत्यु हुनेहरु
चिदीपानी-७ का २८ वर्षीय सुरज न्यौपाने,
६५ वर्षीय अमरबहादुर दर्घा
२५ वर्षीया रमादेवी सारु
चालक रक्सीले मातेका थिए
राम्दीमा जन्ती कुरेर बस्दा चालक मिलन विकले होटलमा छिरेर रक्सी सेवन गरेका थिए । मातेका चालक र सहयोगी सहित ४५ जना जन्ती सवार बस अघि बढ्यो। ‘बस ठाउँठाउँमा ढलपलाएको थियो ।’ मिसन अस्पतालमा भर्ना भएका घाइते विशाल सारुले राति २ बजे नागरिकसंग कुरा गर्दै भने ‘चारजना हामी बसको छतमा थियौं, देब्रे साइड छाडेर दाहिने तर्फ (रङ साइड) को प्याराफिटमा बस ठोक्कियो ।’ बस अनियन्त्रित हुँदै छेउका तीनचारवटा प्याराफिट भत्काउँदै अन्ततः सडकबाट तीनसय मिटर तल खस्यो ।

…………………………………………………………………………
भीरमा अड्केकी बेहुलीले कान्छा भन्दै बेहुलालाई चिच्याइन्
बस दुई बल्ड्याङ खाएपछि झ्याल फुटेर बेहुली उछिट्टिइन् । बेहुला भित्रै रहे । ‘बस खस्नै लाग्दा मलाई वहाँ (बेहुला)ले अंगालो हालेर समात्नु भो, हामी चिच्यायौं ।’ मिसन अस्पतालको १२६ नम्बर बेडमा भर्ना भएकी बेहुली बिष्णु चर्तीले भनिन् ‘म भिरमा अड्केपछि मैले कान्छा भन्दै बोलाएँ, वहाँले तलबाट बिष्णु भन्दै चिच्याउँदै आउनुभयो ।’ दुबैजना भीरमै भेटेर अंगालो हालेर रोए।

‘मैले जेठान (बिष्णुका दाइ रुपबहादुर हिस्की)लाई फोन गरेँ र गाडी दुर्घटनामा पर्‍यो, छिट्टै आउनु भनेँ ।’ मिसनमै ४१६ नम्बर वेडमा भर्ना भएका बेहुला रोशन चर्तीले भने ‘म हिँडेरै बाटोमा निस्केँ उनलाई बोकेर माथि ल्याइयो ।’ स्थानीय र प्रहरीले घाइते बेहुलाबेहुलीलाई एकै गाडीमा चढाएर मिसन अस्पताल पठाए।

कक्षा ८ पढ्ने १७ वर्षीया विष्णुले भारतमा नोकरी गर्ने रोशनसँग प्रेम बसेपछि एक महिना पहिले माघ २० गते भागेर बिहे गरेकी थिइन्। ठ्याक्कै एक महिनापछि फागुन २० गते मगरी संस्कार अनुसार ‘ढोगभेट फर्काएर’ घर आउँदा दुर्घटना भयो।

बेहुली बिष्णुका हातका सबै चुरा फुटेका थिए । रातो चुराले रंगिएका हात दुर्घटना पछि अस्पतालमा सेता पट्टीले घेरिए । सिंदुर हुनुपर्ने निधार रक्ताम्य बन्यो । कोरीबाटी गरेको केश भताभुंग थियो । कपालको डोरी फुस्किएर विस्तरामा छरपष्ट थियो । अर्कोतर्फ औंठी लगाएका बेहुलाको हातका औंला दुर्घटनामा भाँचिएपछि सेतो व्याण्डेज बाँधिएको थियो । दुबै खतरामुक्त रहेका मिसन अस्पतालले जनाएको छ ।
……………………………………………………………………

मुखले ‘मोबाइल लाइट’ टोकेर प्रहरीले मध्यरातसम्म उद्दार गरे
रुखका हाँगा नसमाई अडिन नसकिने डरलाग्दो भीरमा संघर्ष गर्दै प्रहरी जवानहरुले चार घण्टा लगाएर घाइतेको उद्दार गरे । अप्ठ्यारो भीरमा रातभर जुनकीरी जस्तो मात्रै उज्यालो भएको मोबाइल लाइट मुखमा टोकेर घाइते बोक्दै माथि निकाल्दै गरेका थकित प्रहरी जवानहरुलाई स्थानीयले ग्लुकोज पानी दिएका थिए । उनीहरुसँग चहकिलो लाइट थिएन । कतिपयले स्थानीयको लाइट मागेर चलाए ।

फुर्तिलो जिउ भएका जवानहरुलाई मोटो जिउ भएका इन्स्पेक्टर र असइले माथिबाट आदेश दिन्थे । पसिना काढ्दै रक्ताम्य जिउ बनाएर जवानहरुले घाइते ओसारे। साढे नौ बजे भएको दुर्घटनामा उद्दारका लागि नेपाली सेनाको टोली भने राति १ बजे मात्रै पुग्यो । घाइते सबैलाई प्रहरी र स्थानीयले निकाले भने शव निकाल्न आज बिहानसम्म नेपाली सेना खटिए ।


(news source: onlinekhabar.com/nagariknews.com,
Photo: nagariknews.com)

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Ram Gurung on at and is filed under Blog. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply

Mail (will not be published)


× two = 8