Home   Contacts   About Us  
               
               
               
 
 

From Pokhara
2:00 PM 
Daily Updated 

ARTICLES

+ more

पोखरामा बर्ड फ्लु आतङंक, तर मानिसमा त्यति खतरा छैन
Category: Articles - Fuse Your Views

Post By: Sorlag | Date: 09 Feb 2010

Coments: 0

पोखरामा बर्ड फ्लु आतङंक, तर मानिसमा त्यति खतरा छैन


पोखरामा बर्ड फ्लुको संक्रमण भेटिएको लगभग एक हप्ता भयो । पोखरामा कार्यरत पशु स्वास्थ्य सेवाका कर्मचारीहरु यतिवेला खतरनाक बर्ड फ्लु रोकथामको लागि निक्कै लागि परि रहेको छ । पोखरा घारीपाटन ७ मा बस्ने ज्ञान बहादुर खड्काको घरमा पालेको हाँसहरु माघ ५ गते देखि झोक्राउन थाले पछि माघ ९ गते भकाभक मर्न थालेको थियो । शुरुको दिनमा २२वटा हाँस एकै साथ मरेपछि त्यसपछिका दिनहरुमा वहँका छिमेकीहरु ज्ञानु जलारी, लक्ष्मी गुरुङ, पूर्ण बहादुर गुरुङ, बालशोभा गुरुङ लगायतका कृषकहरुको अहिले सम्म २१४ हाँस र ७० वटा कुखुरा गरी २८० भन्दा हाँस कुखुरा मरेको छ । तर यतिवेला बर्ड फ्लु संक्रमण नियन्त्रणको लागि सम्पर्ण तयारी पुरा भएको कुरा पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । सरकारले यतिवेला घारीपाटन क्षेत्रलाई सङ्क्रमणग्रस्त क्षेत्रको घोषणा गरी चार किल्लासमेत तोकेर र्žयापिङ रेस्पोन्स टिमले बुधवार रातीदेखिनै नियन्त्रणकार्य शुरु गरेको छ ।

यतिवेला नेपाल सरकारले पोखरा उपमहानगरपालीका वडा नं. ७ घारीपाटनमा हाँस कुखुरामा पंक्षीहरुको संक्रमण घातक रोग बर्ड फ्लु देखा परेको छ । सो रोग नियन्त्रण गर्न नेपाल सरकारले पूर्वमा सेती नदी, दक्षीणमा हनुमान चोक, तल्लो रातो पहिरा, नगरपालीकाको र्सार्वजनिक जग्गा र पिपल तारा मार्ग हुँदै सांग्रीला चोकबाट हिमालय आँखा अस्पताल हुँदै घारीपाटन चोक र उत्तरमा पोखरा बसपार्क नजिक शिव टोल र कृष्ण टोलको बिचमा रहेको साहारा स्कुल सम्मको चार किल्ला भित्रको क्षेत्रलाई बर्ड फ्लु रोग संकटग्रस्त क्षेत्र घोषण गरेको छ । घारीपाटनका ज्ञान बहादुर खड्काको घरमा हाँसमा र कुखुरामा त्यस्तो रोग देखा परेपछि परिक्षणको लागि माघ १२ गते क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला पोखरामा सो क्षेत्रबाट प्राप्त हाँस कुखुराका ६ वटा नमुनाहरु र्žयापिड फ्लु ए डिक्टेशन टेष्ट गर्दा एचपिआई को शंकास्पद परिणाम प्राप्त भएपछि केन्द्रिय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौंमा पठाएको थियो । त्यहाँ पनि पोजेटिभ नै आएपछि विश्व पशु स्वास्थ्य संगठन ओ आईर् इ बाट बर्ड फ्लु सम्बन्धि सर्न्दर्भ प्रयोगशालाको मान्यता प्राप्त बेलायतको भेटनरी ल्याब्रोटरी एजेन्सिमा पठायो त्यहाँ वाट पनि नेपालको नतिजालाई पुष्टि गर्ने परिणाम आएपछि सो रोग बर्ड फ्लुनै रहेको पुष्टि भएको हो ।


उक्त चार किल्ला भित्र पर्ने स्थानमा भएको पशु पंक्षीहरु लाई नष्ट गर्न तिर यतिवेला नियन्त्रण टिम लागि परेको छ । लगभग १२ हजार घरपालुवा चराचुङगी नष्ट गरिने कुरा अधिकृत अमर शाहाले जानकारी दिनु भयो । सो क्षेत्रमा रहेको हाँस पाँच हजार, ब्रोईलर कुखुरा चार हजार, र अन्य पंक्षी गरि १२ हजार पंक्षी नष्ट गरिने छ । सो बापत क्षतिपुर्ति स्वरुप प्रति कुखुरा १०० रुपैंया, प्रति अण्डा ५०पैसा, दिने निर्णय गरेको छ ।

बर्ड फ्लु के हो ?
बर्ड फ्लु कुखुरा, हाँस, र्टर्की, मैना, सुगा आदि घरपालुवा र भंगेरा, सारौं, लगायत थुप्रै जंगली चराचुरुङगीमा इन्फ्लुन्नजा विषाणु भए पंक्षी तथा मानिसमा मर्न सक्ने र सो मानिसमा मानव इन्फ्लुन्नजा विषाणु भए पंक्षी तथा मानिसको इन्फ्लुन्नजा विषाणुको मिश्रणवाट नयाँ प्रजातिको इन्फ्लुन्नजा विषाणु उत्पन्न भई मानिसवाट मानिसमा फैलने महामारीको रुप लिन सक्ने सम्भावना भएकोले यो रोग विश्वव्यापी चासोको विषय बनेको हो ।
सन् १९१८ १९ मा स्पेनिस फ्लु, १९५७ ५८ मा एशियन फ्लु र १९६८ ६९ मा हङकङमा फ्लुले विश्वमा महामारीको रुप लिई लाखौं मानिसको मृत्यु भएको त्रासपूर्ण इतिहास भएको कारण फ्लुको त्यस्तै अर्कौ महामारी रोक्न फ्लु नियन्त्रणमा विश्वले गम्भिर चासो राख्ने गरेको छ ।


हाँस झोक्रयाएर बसेको बेलामा वरपरका मानिसहरुले हाँस काटेर खाएको थियो । अहिले सम्म उनीहरुमा त्यस्तो कुनै संक्रमण देखा परेको छैन तर हाँस बर्ड फ्लुकै कारण मरेको पुष्टि भए पछि उनीहरुमा बर्ड फ्लुको संक्रमण हुन सक्ने शंका पैदा भएको हुनाले मानिसमा पनि यो रोग र्सन सक्ने निक्कै सम्भावना रहेको छ ।
यतिवेला बाहिरवाट पोखरा भित्रने जिउँदो पंक्षीहरुलाई पुरै नियन्त्रण गरिएको छ । जिल्लामा भित्रने नाकाहरुमा नियन्त्रणमा रहेका कर्मचारीहरु र पुलिस प्रसाशन समेतको सहाभागितामा कडा निगरानी गरिन थालेको छ । अबको २१ दिन भित्र बर्ड फ्लु पुरै नियन्त्रण हुने र त्यसको ९० दिन पछिमात्र फेरी हाँस कुखुराहरु पाल्न पाउने कुरा पनि डा. अमर शाहाले जानकारी दिनु भयो ।

एभिएन इन्फुलुएनजा भाईसर चराचुरुङगीमा र्सर्ने तरिका र माध्यमः
संक्रमित पंक्षीका सम्पूर्ण श्राव र विर्सजन मा भाईरस रहने भएकोले सो सँग प्रत्यक्ष सम्पर्क हुँदा र सो सँग लसपस भएका पदार्थहरुको माध्यमबाट भाईरस सर्न सक्दछ ।

१.प्रदुषित पानीमा ४ देखि ३० दिन सम्म भाइरस रहने भएकोले एक ठाउँबाट दुषित पानी बगेर अर्को ठाउँमा रोग सार्न सक्छ ।
.जंगली र पानीमा खेल्ने पंक्षीहरुको आन्द्रा र श्वास प्रश्वास अंगमा यो भाइरस रहन्छ तर तिनीहरु आँफैं विरामी नहुन सक्छन् । त्यस्ता जंगली चराचुरुङगीको हेलमेल घरपालुवा हाँस कुखुरासँग भयो भने भाइरसहरु कुनै न कुनै रुपबाट कुखुरा, हाँस जस्ता पंक्षीमा र्सदछ र संक्रमण गर्न सक्छ ।
.त्यस्ता संक्रमित कुखुराको र्žयाल तथा सुलीमा रोगको भाइरसहरु कम्तीमा १० जिनसम्म रहन सक्ने भएकोले त्यसबाट रोग सर्न सक्दछ ।
४.यो रोग विरामी कुखुराको १ ग्राम सुलीमा लाखौं कुखुरालाई संक्रमित गर्न पुग्ने भाइरस भएकोले त्यसबाट लाखौं कुखुरालाई संक्रमित हुन सक्दछ ।
५.प्रदुषित भाड, गाडी, आहार, सुली, माटो, हावा र फोहोर जुत्ताको माध्यमबाट भाइरस एउटा कुखुरा फार्मबाट अर्कोमा र्सन सक्छ ।
.बर्साई सरेर आउने चराचुरुङगीले पनि एभियन इन्फुलुएन्जा भाइरस र्सार्न सक्दछन् ।

बर्ड फ्लु संक्रमणका लक्ष्यणहरु : पंक्षीमा अकस्मात् र अस्वाभाविकरुपमा एकैचोटि धेरै पंक्षीहरु मर्ने ,सिंगान, र्žयाल आदि देखिने टाउको सुनिनेसिउर, लोती, निलो हुँदैजानफुल पार्न बन्द हुने वा कमजोर बोक्रा भएको फुल पार्ने दान नखानेतिर्खाउने, छेर्ने,पक्षघात हुनेर्बर्ड फ्लु संक्रमणका लक्ष्यणहरु : मानिसमा श्वास फेर्न गार्žहो हुने ज्वरो आउने र घाँटी दुख्ने ,मांसपेशी दुख्ने, आँक्रोमा संक्रमण हुने अहिले सम्म पोखरामा चार किल्ला भित्र रहेको क्षेत्रमा पंक्षी मार्ने कामलाई अगाडी बर्ढाई रहेकोमा लगभग १०हजार पंक्षी मारि सकेको छ । भने ११सय के.जी दाना अनि १०४१ अण्डा र २९ केजी मासु नष्ट गरि सकेको छ ।

भुपाल गुरुङ पोखरासिटी डट कम

« Back | Top


Name:
Email:
Smile: smile wink wassat tongue laughing sad angry crying 
Your Review:
Enter the code shown in the image:
| Forget Me

   

Teej 2067

teej 2067;
Teej is an annual festival of Nepali women. The festival is celebrated with utmost dedication and love by the women in Nepal. Preparations for the festival begin well in advance.

+ READ MORE... (2 comments)

Series of Gurkha deaths leaves Gurung household inconsolable

Gurkha Soldier
The residence of 22-year-old British Gurkha soldier Ishwar Gurung, who was killed in an attack by Taliban militants in Afghanistan on Friday, is packed with relatives. 

+ READ MORE... (40 comments)

विश्व आदिवासी दिवस, शान्ति र संविधान निर्माण

 
सन १९९३ जुन महिनाको १४ देखि २५ सम्म अष्ट्रियाको भियनामा सम्पन्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार सम्बन्धी विश्व सम्मेलनले अगष्ट ९ लाई विश्व आदिवासी दिवस,

+ READ MORE... (1 comments)

Gurkha Soldier in trouble for beheading a dead Taliban

Gurkha Soldier
A Gurkha soldier in the British Army has been removed from duty in Afghanistan after he beheaded a dead Taliban commander with his ceremonial kukri knife. Photos Updated

+ READ MORE... (86 comments)

Heart Felt Condolence to Corporal Arjun Purja Pun

Afgan Soldier
SPECIAL FORCES have begun a manhunt for an Afghan soldier who killed members of the Royal Gurkha Rifle inside a patrol base in Helmand province.This article is open for condolences to Corporal Arjun Purja Pun of Pokhara and his fallen mates.

+ READ MORE... (37 comments)

"मेरो छोरा दुर्व्यसनी होइन" भन्दै नढाँट्नुहोस्

 
जब ड्रग्स लिएको देख्छन्, सुन्छन् वा शंखा गर्छन त्यस अवस्थामा पुगुञ्जेल ती छोरा छोरीले झण्डै डेढ वर्षलागु औषध लिई सकेका हुन सक्छन् ।

+ READ MORE... (10 comments)

पोखरामा विश्व सङ्गीत दिवस मनाउने तौरतरिका र परम्परा

 

सुनेर बुझिने विश्वव्यापी साझा भाषा भनेको सङ्गीत हो। सङ्गीत बिनाको जीवन श्वास बिना धड्कन जस्तै हुन्छ।

+ READ MORE... (0 comments)

बेरोजगार, अधिकार, नदीका दुइ धार

 

गास,बास,कपास बाँच्नका लागि अति आवश्यक पर्दछ । यी वस्तु प्राप्तिका लागि अनेक प्रकारका उपायहरु सोच्ने गर्दछन् । चिताए अनुसार परिपूर्ति नभैदिएमा तड्पीतड्पी चित्त बुझाएर वस्ने पनि गर्दछ

+ READ MORE... (1 comments)

हामी कति प्रतिशत बौद्ध -विश्व शाक्य

 

जो व्यक्तिले आँनो पारमिता पूरा गरेर आफूभित्रका समस्त विकारहरूलाई समूल नष्ट गरेको हुन्छ त्यस्तो व्यक्ति बुद्ध’ कहलाइछ त्यस्ता व्यक्ति लोककल्याणी हुन्छन्

+ READ MORE... (3 comments)

नेपालको राजनैतिक संक्रमण र उच्चशिक्षामा यसको असर

 

नेपालको शिक्षा क्षेत्रले निकै पहिलाबाट नै राजनैतिक संक्रमण र त्यसबाट सृजना भएको परिस्थितिलाई सामना गर्दै आउनुपरेको छ ।

+ READ MORE... (0 comments)

 

 

Shooting Report

Our Clients, Pokharacity.com

People & Culture

more

Manju Gurung, Pariksha Gurung

Featured Model

more

Preeti Poudel

Upcoming Events

Nepal Festival 2010, Melbourne
Nepal Festival 2010
Kid Prince & Princess 2010, Pokhara
Kid Prince & Princess 2010

Past Events

more

 

Miss Nepal 2010
View Pic

 

Nepali Mela 2010, UK
View Pic

 

Gaeso Get Together 2010
View Pic

 

Sano Babu and Sano Pari 2010
View Pic

 

Photo Exhibition 2067
View Pic