Archive for January, 2013

मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।
नेपाल आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सहारा क्लब पहिलो पटक आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधीका लागि थ्रीस्टार क्लबसँग खेल्नेछ ।
रेडियो अन्नपूर्णले सेती बाढी पीडितको लागि राहत संकलन गर्न स्थापना गरेको अन्नपुर्ण राहत कोषबाट विहिबार दशौं चरणको राहत वितरण गरिएको छ ।