स्याङ्जामा गाविसस्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा, १९ जेठ
स्याङ्जा जिल्ला खेलकुद विकास समितिको आयोजना, जिल्ला विकास समिति स्याङ्जाको तत्वावधान एवं स्याङ्जा जिल्ला भलिबल सङ्घको संयोजनमा म·लबारदेखि सञ्चालन हुने गाविसस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ।

वालिङ नगरपालिकास्थित खेलमैदानमा जेठ २० देखि २४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा स्याङ्जा जिल्लाका ४५ वटा गाविसको सहभागिता रहने अनुमान गरिएको छ। स्याङ्जामा ६० वटा गाविस रहेका छन्। प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ५५ हजार पाँच सय ५५, दोस्रो हुने टीमलाई नगद ३० हजार तीन सय ३३ तथा तृतीय हुने टीमलाई नगद १२ हजार दर्ुइ सय २२, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने स्याङ्जा जिल्ला भलिबल सङ्घका उपाध्यक्ष देवेन्द्र केसीले जानकारी दिए।

स्याङ्जा जिल्ला भलिबल सङ्घका उपाध्यक्ष देवेन्द्र केसीको अध्यक्षतामा शनिबार वालिङमा बसेको बैठकले स्याङ्जा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनिराम पौडेल संयोजक तथा देवेन्द्र केसी सहससंयोजक रहेको मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।

प्रतियोगितामा पर्ूव राष्ट्रिय भलिबल खेलाडी राजकुमार गुरुङ -कुमार) विरुवा गाविसबाट लिÇटरको रूपमा सहभागिता जनाउँदैछन्।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments