सीप मुलक तालिमका लागि रकम सहयोग

पोखरा, जेठ ८

पोखरामा रहेका भूकम्प प्रभावितहरुका लागि आयोजना गरिएको छ्वाली सम्बन्धी सीपमुलक तालिमका लागि अष्टे«लियामा रहनु भएका ढिकुरपोखरी कास्कीका सन्तोष अधिकारीले ३० हजार सहयोग गर्नु भएको छ ।

रेडियो जननी, पद्मावती हस्तकला उद्योग, रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल र नारी नेपालले नँयाबजार स्थित तमु धि नेपालमा रहेका भूकम्प प्रभावितहरुका लागि लक्षित गरि संयुक्त रुपमा तालिम आयोजना गरेको हो ।

वैदेशीक रोजगारीका लागि अस्टेलियामा रहेका अधिकारीले लायन्स क्लब अफ पोखरा अन्नपुर्ण माफर्त ३० हजार रुपैया दिनु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच लायन्स क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष यदु अधिकारीले रेडीयो जननीका अध्यक्ष हिरा भट्टराईलाई रकम हस्तान्तरण गर्नु भएको थियो।

लायन्स क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष अधिकारीले रकम हस्तान्तरण गदै अब भुकम्प पिडीतको राहतका लागि त्रिपाल, खानका लागि चामल नभइ स्थायी बसोबासका लागि सबै एक जुट हुनु पर्ने बताउनु भयो । उँहाले भुकम्प सगै पिउने पानीको अभाव भएको र अभाव मेटाउनका लागि आफु खानेपानीको संयोजक भएर काम गर्ने पाउदा आफुलाई खुशी लागेको बताउनु भयो ।

रेडियो जननीका अध्यक्ष भट्टाराइले यस सहयोगले कार्यक्रम सचांलन गर्न थप उर्जा मिलेको बताउनु भयो । उँहाले सो रकम सही रुपमा सदुपयोग हुने बताउनु भयो ।

तालिममा सहभागीहरुलाई गहुँको छ्वालीबाट बास्केट, ढकिया, टि—म्याट, पेन होल्डर र ट्रे झोला बनाउन सिकाइनेछ । तालिमबाट ३० भन्दा बढी भूकम्प प्रभावित लाभान्वित हुने अपेक्षा गरिएको छ ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments