साउदी अरबमा विस्फोट, कम्तिमा ३० जना मारिए

रियाद :
साउदी अरबको एक सिया मस्जिदमा शुक्रबार अपरान्ह आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा कम्तिमा ३० जना मारिएका छन् ।

साउदी अरबको पूर्वी प्रानत कातिफको अल कदिह गाउँस्थित इमाम अली मस्जिदमा शक्तिशाली धमाका भएको हो । मुस्लिमहरुले मष्जिदमा नमाज पढिरहेको समयमा हमलाकारीले आफूलार्इ विस्फोट गरी उडाएका थिए ।
saudi bomb attack1

फोटो :एजेन्सी

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै उल्लेख गरेअनुसार यो घटनामा कम्तिमा पनि ३० जनाको ज्यान गएको छ ।

साउदी अरब सरकारले पनि यो विस्फोटको पुष्टि गरेको छ । अहिलेसम्म यो घटनाको जिम्मेवारी कुने संगठनले लिएको छैन । साउदी अरबमा कुनै पनि सिया मस्जिदमा पहिलो पटक आक्रमण भएको हो ।
saudi bomb attack3

फोटो :एजेन्सी

एक प्रत्यक्षदर्शीका अनुसार विष्फोटका बेला डेढ सय बढी मानिस मष्जिदमा नमाज पढिरहेका थिए । साउदी अरबमा शिया मुसलमानको जनसंख्या १० देखि १५ प्रतिशत रहेको छ ।

धेरैजसो सिया मुसलमानको बसोबास पूर्वी प्रान्त कातिफ प्रान्तीय राजधानी अल खोबरको दक्षिण-पश्चिमस्थित अलअहसामा रहेको छ ।
saudie bomb attacked

फोटो :एजेन्सी

 


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments