शिक्षकहरुलाई योग, ध्यान तथा परामर्श

पोखरा,१०, जेठ
आध्यात्मिक तथा मानसिक परामर्श अभियान पश्चिमाञ्चल पोखराले शिक्षकहरुलाई लक्षित गरि योग ध्यान र परामर्शको कार्यक्रम संचालन गरेको छ ।

विभिन्न धार्मिक तथा आध्यात्मिक संस्था, योग प्रशिक्षक,मनोचिकित्सक, इञ्जिनियर, भुगोलविद् लगायतको समुहले संयुक्त रुपमा प्रस्तुत गरेको प्याकेज कार्यक्रममा सहभागि शिक्षकहरुले कार्यक्रम उपयोगि भएको वताए ।

जिल्ला शिक्षा अधिकारी सहित जिल्ला शिक्षा कार्यलयका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्याप्सन तथा एन प्याप्सनका पदाधिकारीहरु तथा शिक्षक शिक्षीकाहरुको सहभागितामा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा सहभागि भएपछि जिल्ला शिक्षा अधिकारी अंविका प्रसाद आचार्यले कार्यक्रम उपयोगि भएको भन्दै विद्यार्थीहरुलाई समेत लक्षित गरि कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।
उनले सम्पुर्ण धार्मीक संस्थाहरु एकजुट भएर संयुक्त रुपमा प्याकेज पस्कीनु चौरासीव्यजन भएको वताउदै अभियानले मन भित्रको डर हटाई शान्ती र आनन्द प्रदान गर्न सफल भएको वताए ।

कार्यक्रममा डा.लेखनाथ आचार्य, मिन गुरु, व्रह्मकुमारी सुधा, डा. कृष्ण केसी, डा निर्मल लामिछाने, योग प्रशिक्षक महेश्वर गिरी, सोममाया भट्टराई, काव्य लम्साल, हरि सिग्देल इं राजेन्द्र लिगत, माधव पहारी लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।

कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै संयोजक दिवाकर वास्तोलाले यस कार्यक्रम पश्चिमाञ्चलका सवै जिल्लामा संचालन गरिने वताए । अभियानका सदस्य सचिव सुष्मा पौडेलले कार्यक्रमको संचालन गरेकि थिइन् ।अभियानले गोर्खा, वुटवल लगायतका जिल्लामा कार्यक्रम संचालन गर्ने तथा कास्कीका विभिन्न स्थानहरुमा समेत अभियान संचालन गर्ने तैयारी गरीरहेको पौडेलले वताइन् ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments