शनिबार योगशिविर

पोखरा, जेठ ८

पोखरा पर्यटन पुनरुत्थान समितिले भूकम्पको कम्पनबाट त्रसित भएका नागरिकका लागि शनिबार एकदिने योगशिविर संचालन गर्ने भएको छ । पोखरा र आसपास क्षेत्रका बासिन्दालाई लक्षित गर्दैै समितिले शनिबार बिहान शिविरि संचालन गर्न थालेको हो ।

शिविर संचालन समितिका संयोजक नरेश भट्टराइका अनुसार शनिबार बिहान ६ देखि ८ बजेसम्म लेकसाइड बसुन्धरापार्कमा शिविर संचालन हुनेछ । शिविरमा दी आर्ट अफ लिभिङका प्रशिक्षकले योग र प्रणायामबारे प्रशिक्षण दिने भट्टराइले बताए । उनका अनुसार उक्त शिविरमा कम्तिमा एकहजार सर्वसाधारण नागरिक सहभागि हुने अपेक्षा गरिएको छ ।

भूकम्पको त्रासबाट त्रसित भएकालाई तनावमुक्त गराउन योग शिविर संचालन गर्न थालेको भट्टराइले जानकारी दिए । उनका अनुसार पोखरा र आसपासका क्षेत्रका गाविसका बासिन्दा निशुल्क रुपमा योगशिविरमा सहभागि हुन पाउनेछन् । योगशिविरले अरुभन्दा बढि महिला र बालबालिकालाई तनावबाट मुक्त गर्ने उनले बताए ।

पोखराका पर्यटन व्यवसायी मिलेर अहिले पोखरामा पुनरुत्थान समिति बनेको छ । समितिले भूकम्पबाट पीडित भएका पोखरेली र पोखरामा रहेका सिमित पर्यटकलाई समेत लक्षित गर्दै योगशिविर लगायतका कार्यक्रम गर्ने भएको छ । पोखरामा पछिल्लो समय योग पर्यटकको आगमन बढिरहेकोले पनि यस्ता गतिविधिले योगसाधना अपनाउन चाहने पर्यटक आकर्षण गर्न सक्ने पनि उनको भनाई छ ।

समितिका इभेन्ट संयोजक गोपिबहादुर भट्टराइका अनुसार पोखरालाई भूकम्पको त्रासबाट मुक्त बनाएर सबैलाई काममा फर्कने वातावरण बनाउनका लागि विभिन्न कार्यक्रम गर्न थालिएको हो ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइको संयोजकत्वमा पोखरा पर्यटन पुनरुत्थान समिति बनेको हो । समितिले पोखरामा अहिले खस्केको पर्यटन व्यवसायलाई उकास्दै अवस्था सामान्य बनाउन विभिन्न कार्यक्रम गर्नेछ । पोखरेलीलाई काममा फर्कने वातावरण मिलाउनका लागि पनि विभिन्न कार्यक्रम जरुरी रहेको उनले बताए ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments


Warning: file_put_contents(/home/pokhcity/public_html/wp-content/cache/zencache/cache/http/www-pokharacity-com/-e0-a4-b6-e0-a4-a8-e0-a4-bf-e0-a4-ac-e0-a4-be-e0-a4-b0--e0-a4-af-e0-a5-8b-e0-a4-97-e0-a4-b6-e0-a4-bf-e0-a4-b5-e0-a4-bf-e0-a4-b0.html-58d74e95b5681543554676-tmp): failed to open stream: Disk quota exceeded in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1042

Fatal error: Uncaught exception 'Exception' with message 'ZenCache: failed to write cache file for: `/%E0%A4%B6%E0%A4%A8%E0%A4%BF%E0%A4%AC%E0%A4%BE%E0%A4%B0-%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%B0/`; possible permissions issue (or race condition), please check your cache directory: `/home/pokhcity/public_html/wp-content/cache/zencache/cache`.' in /home/pokhcity/public_html/wp-content/advanced-cache.php:1050 Stack trace: #0 [internal function]: zencache\advanced_cache->output_buffer_callback_handler('<!DOCTYPE html>...', 9) #1 /home/pokhcity/public_html/wp-includes/functions.php(3464): ob_end_flush() #2 [internal function]: wp_ob_end_flush_all('') #3 /home/pokhcity/public_html/wp-includes/plugin.php(525): call_user_func_array('wp_ob_end_flush...', Array) #4 /home/pokhcity/public_html/wp-includes/load.php(635): do_action('shutdown') #5 [internal function]: shutdown_action_hook() #6 {main} thrown in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1050