महाभूकम्पको पीडा बिर्साउदै तमु धिं नेपाल पुर्नस्थापना केन्द्र

हुम तमु

पोखरा, २३ बैशाख

बैशाख १२ गतेको महाभूकम्पबाट पीडितहरुको लागि पोखरा ९ मा रहेको तमु धिं नेपालले आफ्नै सभाहलमा स्थापना गरेको उद्धार, राहत संकलन तथा वितरण र पुर्नस्थापना केन्द्रले पीडितहरुको पीडा बिर्साउन पहल गरिरहेको छ ।

अधिकांश गोर्खाको लाप्राक गाँउको पीडितहरु रहेको केन्द्रलाई पारिवारिक वातावरण बनाउदै पीडा न्युनिकरण गर्न आफुहरु जुटेको तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो ।

केन्द्रमा रहेका पीडितहरुका लागि आवाश्यक व्यवस्थापनका लागि सोंपाल तमु समाजका अध्यक्ष क्या.धनबहादुर गुरुङको संयोजकत्वमा क्षेत्रीय अध्यक्ष एवं प्रतिनीधिहरु रहेको व्यवस्थापन समिति, मिरुवा तमु समाजका कविता गुरुङको संयोजकत्वमा स्वंयम सेवक समिति, तमुधिं नेपाल आमा समितिका अध्यक्ष हरिमाया गुरुङको संयोजकत्वमा खाना खाजा समिति जुटेको छ भने तमु धिं नेपालको कार्यसमिति पीडितका लागि आवाश्यक सेवा सुविधा, मनोरञ्जन, खेलकुद, परामर्श र प्रोत्साहनमा जुटेको छ ।

यसैक्रममा पुरानो गाँउ घान्द्रुक भई हाल युकेमा बसोवास गरिरहनुभएका समाजसेवी लछिम गुरुङले युकेबाटै पीडितहरुलाई आर्थिक राहत प्रदान गर्नुभएको छ । उहाँले पठाउनुभएको रकम पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा रहेको महाभूकम्प पीडित उद्धार, राहात तथा पुर्नस्थापना केन्द्र र बौद्ध अर्घौ सदनमा रहेका पीडितलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमु, डा. दीर्घमान गुरुङ र विन्ती गुरुङले वितरण गर्नुभयो ।

उहाँहरुले तमु धिं नेपालको राहत तथा पुर्नस्थापना केन्द्रमा रहेका ८४ र बौद्ध अर्घौं सदनमा रहेका १९ जनालाई जनही एक हजार पाँच सय रुपैयाको दरले राहत रकम वितरण गर्नुभएको हो ।

यसरी नै तमु धिं नेपालमा रहेका पीडितका लागि पोखरा ९ स्थित दीपज्योति टोल तमु समाजले बुधवारको खाजा र खानाको व्यवस्था गरेको थियो भने महाभूकम्पबाट दिवंगतहरुप्रति चिरशान्तिका साथै श्रद्धाञ्जली र घाइतेहरुका सीघ्र स्वास्थ्य लाभको कामना गर्दै मोन्लम पाठ गरिएको थियो ।

तमु धिंमा रहेका पीडितहरुको परामर्शको क्रममा संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं तमुवान इञ्चार्ज गणेशमान गुरुङले महाभूकम्पको केन्द्र विन्दु रहेको गोर्खाको बारपाक, लाप्राक गाँउमा श्रम शिविरका लागि विहीवार जाने बताउनुभयो । इञ्चार्ज गुरुङकै नेतृत्वमा १२ दिने श्रम शिविरका लागि कास्कीबाट ५० युवा प्रस्थान गर्ने जानकारी दिनुभयो । टोलीेले उक्त गाँउमा पुगी राहत वितरणलाई सघाउने, भत्केका घरबाट पुरिएका सरसामान निकाल्ने, पुर्नस्थापनाका लागि सघाउने, पीडितहरुको सहयोगी बन्नका लागि आफुहरु महाभूकम्पको केन्द्र रहेको बारपाक जान लागेको भन्दै सुझावका लागि आग्रह गर्नुभयो ।

तमु धिं नेपालले स्थापना गरेको महाभूकम्प पीडितको उद्धार, राहत संकलन वितरण तथा पुर्नस्थापना केन्द्रमा पाँच दिन पछि क्षेत्रीय प्रसासक दिनेशकुमार थपलियाले पश्चिम क्षेत्रीय प्रहरी प्रमुखहरु सहित अवलोकन गर्नुभयो । उक्त क्रममा उहाँले पीडितको उद्धार, राहत र पुर्नस्थापनाका लागि सरकार जुटिरहेको र नागरिक समाजले पनि उदाहरणीय पहल गरिरहेको बताउनुभयो । उहाँले तमु धिं नेपाल पीडितका साथी बनेको भन्दै प्रसंसा गर्नुभयो ।

यसरी नै केन्द्रमा रहेका पीडितहरुका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले राहत प्रदान गर्ने क्रम निरन्तर रह्यो । याङ्जाकोटका क्रोम्छे चेली बेटीहरुले केन्द्रका ७८ जनालाई जनही पाँच पाँच सय राहत वितरण गरे पनि पुष्पा गुरुङ, कृपा गुरुङ लगायत विभिन्न सहयोगीहरुले पीडितलाई राहत प्रदान गरे ।

हालसम्म तमु धिं नेपालमा रहेको पुर्नस्थापना केन्द्र १३७ जना र ४३ जना आफन्तको जिम्मामा फर्केका छन् । हाल ८४ जना बसोवास गरिरहेकाछन् ।

तमु धिं नेपाल र तमु धिं नेपालको क्षेत्रीय तमु समाजहरुको तर्फबाट अत्यावश्यक सामग्रीहरु त्रिपाल, ब्ल्याङकेट, म्याट्रेस, टर्च लाइट, नुन, दालमोठ लगायतका राहत सामग्री लिएर विहीवार महाभूकम्पबाट गोर्खाको अतिप्रभावित क्षेत्रतर्फ तमु धिं नेपालका सहकोषाध्यक्ष सरस्वती गुरुङ र कार्यसमिति सदस्य तथा प्रचार संयोजक हुमबहादुर गुरुङ प्रस्थान गर्ने भएको छ ।

केन्द्रमा सेवाका लागि तमु सेवा समिति नयाँबजार, नयाँबजार क्लब, एस ओ एस बालग्राम, तमु विद्यार्थी समिति, तमु धिं नेपाल आमा समिति लगायत नियमित जुटेको छ ।

बुधवार तमु धिं नेपालका अध्यक्ष कर्म तमु, सहकोषाध्यक्ष सरस्वती गुरुङ सदस्यहरु हुमबहादुर गुरुङ र ई.देउकाजी गुरुङले विविध पक्षमा सहजीकरण गर्नुभएको थियो ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments


Warning: file_put_contents(/home/pokhcity/public_html/wp-content/cache/zencache/cache/http/www-pokharacity-com/-e0-a4-ae-e0-a4-b9-e0-a4-be-e0-a4-ad-e0-a5-82-e0-a4-95-e0-a4-ae-e0-a5-8d-e0-a4-aa-e0-a4-95-e0-a5-8b--e0-a4-aa-e0-a5-80-e0-a4-a1-e0-a4-be--e0-a4-ac-e0-a4-bf-e0-a4-b0-e0-a5-8d-e0-a4-b8-e0-a4-be-e0-a4-89.html-59c52cd709c57718201523-tmp): failed to open stream: Disk quota exceeded in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1042

Fatal error: Uncaught exception 'Exception' with message 'ZenCache: failed to write cache file for: `/%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BE-%E0%A4%AC%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%89/`; possible permissions issue (or race condition), please check your cache directory: `/home/pokhcity/public_html/wp-content/cache/zencache/cache`.' in /home/pokhcity/public_html/wp-content/advanced-cache.php:1050 Stack trace: #0 [internal function]: zencache\advanced_cache->output_buffer_callback_handler('<!DOCTYPE html>...', 9) #1 /home/pokhcity/public_html/wp-includes/functions.php(3464): ob_end_flush() #2 [internal function]: wp_ob_end_flush_all('') #3 /home/pokhcity/public_html/wp-includes/plugin.php(525): call_user_func_array('wp_ob_end_flush...', Array) #4 /home/pokhcity/public_html/wp-includes/load.php(635): do_action('shutdown') #5 [internal function]: shutdown_action_hook() #6 {main} thrown in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1050