परिवर्तनको लागी युवा नेपालद्धारा राहत बितरण

भुकम्पले प्रभावित गोरखा र नुवाकोट मा राहत बितरण गरेर परीवर्तनको लागी युवा नेपाल र हिमालयन भोलेन्टर्सका युवाहरु पोखरा फर्केका छन ।
उनिहरुले गोरखाका ढोडेनी, पोखरीटार, सिम्जुङ्ग झावा तथा रनचोक गाविसमा राहत बितरण गरेका हुन भने नुवाकोट जिल्लाका देउराली बुन्ताङ्ग किम्ताङ्ग लगायत करीव १ दर्जन गाविसमा राहत बितरण गरेको परिवर्तनको लागी युवा नेपालका अध्यक्ष दृश्य सुवेदीले बताए ।

राहतमा खाद्यान्न त्रिपाल कम्बल तथा भाडावर्तन गरी करीव ३० लाख मुल्य बरावरको सामाग्री रहेको हिमालयन भोलेन्टर्सका दिवस लामीछानेले जानकारी दिए । हिमालयन भोलेन्टर्सका संयोजक बिमल पहारी तथा उपसंयोजक प्रेम के.सीको सक्रियतामा संकलन गरीएको राहत सामाग्री अर्को चरण धादिङ्ग तथा सिन्धुपाल्चोक जिल्लाका बिभिन्न गाविसमा वितरण गर्ने तयारी भईरहेको हिमालयन भोलेन्टर्सका संयोजक बिमल पहारीले बताए । उनिहरुले संकलित राहत कतै आफै गएर तथा कतै सम्बन्धित गाउका व्यक्तीहरु मार्फत बितरण गरीएको पनि जानकारी दिएका छन ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments