कालीगण्डकी नदी थुनिदा पर्वत उच्च जोखिममा

पर्वत
कालीगण्डकी नदी थुनिएपछि माझफाँट गाविसको वारि बेनीबजार, धाइरिनको मिलनचोकबजार, पाङ गाविसको मालढुङ्गा बजार, रानीपानी गाविसको इमिचौर तथा पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको सेतीबेणी बजार उच्च जोखिममा छन् ।

त्यस्तै म्याग्दीको पुर्तिघाटबजार र कालीगण्डकीको बाँधस्थल स्याङ्जाको मिर्मी पनि उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले माइकिङ गर्दै नदी किनाराबाट ५०० मिटर माथि जान आग्रह स्थानीय बासिन्दालाई आग्रह गरिरहेको छ ।

ती स्थलका बासिन्दा तटीय क्षेत्रबाट घर छाडेर सुरक्षित स्थानतर्फ लागिसकेको पर्वतका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिए ।
– See more at: http://annapurnapost.com/News.aspx/story/12220#sthash.qooQr3ft.N4ip9rD7.dpuf


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments