कालिगण्डकी गण्डकी पुरै थुनियो, १६ घर पुरीयो

पोखरा, १० जेठ
म्याग्दीको भगवति गाविस बैसरी काफल डाँडामा सुख्खा पहिरो जादा कालिगण्डकी नदि थुनिएको छ । राती २ बजेदेखि थुनिएको नदीको बहाब अहिले पुरै थुनिएको प्रहरीले जानकारी दिएको छ । सुखा पहिरो अहिले पनि गैरहेको र धुलो उडिरहेको प्रहरीले जनाएको छ ।

त्यस नजिकैका १६ घर पहिरोले पुरिएको प्रहरीको भनाई छ । घरबाट मानिसहरु भाग्न सफल भएको प्रहरीको भनाई छ । ‘पहिरोको ढुंगाले बनाएको ड्याममा लेदो भरिँदै गएपछि नदीको बहाव कम हुदै गएको छ । त्यसलाई के गर्ने भन्ने बारेमा प्राविधिक टोली त्यहाँ पुगेपछि वास्तविक जानकारी प्राप्त हुने प्रहरीले जानकारी दिएको छ ।

राती नै कालिगण्डकी थुनिएको थाहा पाए पछि प्रहरीले बेनी बासीलाई रातीनै त्यहाँबाट हराएको छ । त्यसै गरि प्रशासनले कालिगण्डकीका किनारमा रहेका ७ जिल्लामा सर्तकता अपनाउन सुचना जारी गरेको छ । पहिरो फुटाउनका लागी नेपाली सेनाको हेलिकप्टर त्यस तर्फ जादै गरेको सेनाले जानकारी दिएको छ ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments